‘मास्टर’ २९ जनवरीमा रिलिज हुने
बुधबार, १४ माघ २०७७, १८ : २०
मुम्बई । एक्सन थ्रिलर फिल्म ‘मास्टर’ को प्रिमियर मिति घोषणा भएको छ । अमेजन प्राइम भिडियोले प्रतिक्षित तमिल फिल्म ‘मास्टर’ २९ जनवरीमा रिलिज हुने सार्वजनिक गरेको हो । फिल्ममा थलपति विजय, विजय सेतुपतिकोको मुख्य भूमिका रहेको छ । दुई विजयको अलवा फिल्ममा मालविका मोहनन, एन्ड्रिया जेरेमिया, शान्तनु भाग्यराज, अर्जुन दास लगायतको समेत अभिनय देख्न सकिन्छ ।
लोकेश कनगराजको लेखन तथा निर्देशन रहेको फिल्म जेवियर ब्रिटोले निर्माण गरेका हुन् । एक्सनले भरिएको थ्रिलर फिल्म ‘मास्टर’ मा दुई सुपरस्टार विजयबीच द्धन्द्ध देख्न सकिनेछ । जसले दर्शकलाई फिल्मको पुरै अवधिभर बाँधेर राख्ने काम गर्ने निर्माण पक्षको दाबी रहेको छ । भारतको अलवा २४० देशबाट प्राइम मार्फत फिल्म हेर्न सकिनेछ । फिल्ममा आफुले एक जड्याहा कलेज प्रोफेसरको भूमिका निर्वाह गरेको थलपति विजयले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा राईको प्रश्न– सरकार,सुकुमबासी नागरिक होइनन् र ?
-
टेलिसिरियल ‘यो कथा होइन’ बन्ने, साउनदेखि प्रसारण
-
सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत के-के काम सम्पन्न भयो ?
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित
-
सुकुमबासी समस्या समाधान गर्न सरकार गम्भीर भएन : जयन्तीदेवी राई
-
बालकले चलाएको ट्रकले ८ भिक्षुको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण