आमिरभन्दा पहिले रवि किसन बने गुरु ओशो रजनिश
मुम्बई । आध्यात्मिक गुरु ओशो रजनिशमा आधारित रहेर फिल्म बन्ने चर्चा बलिउडमा केही पहिले नै थियो । निर्देशक शकुन बत्रा यो फिल्म निर्माण प्लानिङमा थिए । करण जौहरको निर्माण रहने फिल्ममा आमिर खान र आलिया भट्टको अभिनय रहने चर्चा समेत थियो । फिल्मको आधिकारिक घोषणा भने भएको थिएन ।
अब आमिर अगाडि रवि किसनले फिल्ममा ओशो रजनिशको भूमिका निर्वाह गरेका छन् । वेलजी भाई गालाको निर्माण रहेको फिल्म ‘सिक्रेट्स अफ लव’ मा रवि रजनिशको भूमिकामा देखिन लागेका हुन् । ‘बिगत ३० बर्षदेखि म ओशोको सन्यासी हुँ’ निर्माता वेलजीभाईले भने–‘म उनको कहानी छिटो भन्दा छिटो मानिससँग पुर्याउन चाहान्छु ।’ आफुले ओशोका प्रवचन सुनेको र बताइएको मेडिटेशन गरेकोले उनका बारेमा फिल्म बनाउन गाह्रो नभएको वेलजीभाईको भनाई रहेको छ ।
उनले थपे ‘मेरो विचारमा ओशो यो शताब्दी’ को बेस्ट मानिस हुन् । गत वर्षनै यो फिल्म रिलिज गर्ने योजना निर्माण युनिटको रहेको थियो । लकडाउनको कारणले योजना चेन्ज गरिएको थियो । अब फिल्म २०२१ को अप्रिलमा रिलिज हुनेछ । फिल्मको सुटिङ काशी, गुजरात, गोवा, जवलपुर र मुम्बईमा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा राईको प्रश्न– सरकार,सुकुमबासी नागरिक होइनन् र ?
-
टेलिसिरियल ‘यो कथा होइन’ बन्ने, साउनदेखि प्रसारण
-
सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत के-के काम सम्पन्न भयो ?
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित
-
सुकुमबासी समस्या समाधान गर्न सरकार गम्भीर भएन : जयन्तीदेवी राई
-
बालकले चलाएको ट्रकले ८ भिक्षुको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण