धनुषामा बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु
शुक्रबार, १६ माघ २०७७, २२ : २९
धनुषा । ढल्केवर–जनकपुर राजमार्गको सपही सडक खण्डमा आज बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ का ५० वर्षीय दिपचन्द्र यादवको मृत्यु भएको छ ।
ढल्केवर–जनकपुर राजमार्गको लक्ष्मीनिया गाउँपालिका–४ सपहीस्थित सडकमा ना ४ ख १०६९ नम्बरको बसले यादव सवार साइकललाई पछाडीबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका यादवको जानकी हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक रायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण