ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गर्यो: डा. संग्रौला
शनिबार, १७ माघ २०७७, १५ : ५९
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले केपी ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको बताएकी छन् ।
बुटवलमा शनिवार भएको एक कार्यक्रममा बोल्दै संग्रौलाले सरकारको प्रतिगामी र अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाइदिने विश्वास समेत व्यक्त गरिन् ।
‘हामी प्रजातन्त्रमा विस्वास राख्दछौँ । स्वतन्त्र न्यायालयले संविधान बमोचिम, कानून बमोजिम निर्णय लिनेछ,’–उनले भनिन् ।
संविधान, कानून तथा विधि कुनै कुरा मान्दिनँ भन्नु सर्वसत्तावाद भएको टिप्पणी गर्दै उनले कम्युनिष्टहरु पतनको स्थितिमा गइसकेको बताइन् । लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनमा रहेको पनि उनको भनाइ छ ।
उनले पाँच वर्षका लागि स्थापित जनताको थलोलाई समय अगावै लहडका आधारमा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दावी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
-
अर्जेन्टिना र स्पेनका खेलाडीबिच मैदानमै कुटाकुट, फिफाद्वारा अनुसन्धान सुरु
-
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
-
के भइरहेछ दिल्लीको मुटुमा ?
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण