शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्ड र माधव नेपाल माइतीघर धर्नामा बस्ने

आइतबार, १८ माघ २०७७, १० : २६
आइतबार, १८ माघ २०७७

काठमाडौं । नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल माइतीघरमा जारी धर्नामा सहभागी हुने भएका छन् ।

केन्द्रीय सदस्य विष्णु रिजालले अध्यक्षद्वय प्रचण्ड र नेपाल १२ बजेपछि माइतीघरको धर्नामा सहभागी हुने जानकारी दिए । प्रतिनिधिसभा विघटनविरुद्ध यो पक्षका संघीय र प्रदेश सांसदहरु गत माघ १४ गतेदेखि माइतीघरमा लगातार धर्ना बस्दै आएका छन् ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र प्रतिगामी भन्दै पुनस्र्थापनाका लागि संघर्षरत सो पक्षले तेस्रो चरणको आन्दोलन जारी राखेको छ । त्यसअन्तर्गत विराटनगर, बुटवल र धनगढीमा व्यापक प्रदर्शन र विरोध सभा गरिसकेको प्रचण्ड–माधव पक्षले आगामी माघ २८ गते काठमाडौँमा अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप