काँग्रेस नेता महरद्वारा म्यानमा घटनाको निन्दा
काठमाडौं । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले म्यानमामा प्रजातन्त्रवादी नेतृ आङ सान सूचीसहित अन्य राजनीतिक नेताहरुलाई नियन्त्रणमा लिइएको घटना निन्दनीय भएको बताएका छन् । स्कुल अफ डेमोक्रेसीद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेता महरले भने, ‘लोकतान्त्रिक पद्धति र संविधानवादको संरक्षणका लागि नेपाली काँग्रेसलगायत जनतासमेत सङ्घर्षरत रहेकै बेला नेतृ सूचीसँगै थुप्रै राजनीतिक नेताहरु गिरफ्तार गरिएको घटना निन्दनीय र खेदजनक रहेको छ ।’
विश्वको प्रजातान्त्रिक प्रणालीलाई अतिवादको बाछिटामार्फत तहसनहस पार्न भइरहेका सबैखाले घटना र परिघटनाको विरोधमा भएकासमेत नेता महरले उल्लेख गरे । उनले लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि हाम्रो सङ्घर्ष अविचलित र थकितरहित रहने बताए । सोमबार बिहान निर्वाचन परिणाम सार्वजनिक भएपछि पहिलो संसद् बैठकअघि म्यानमाको सेनाले सू चीसहितका नेताहरुलाई नियन्त्रणमा लिएको छ भने एक वर्षका लागि सत्ता कब्जाको घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण