आइतबार, ०६ साउन २०८१
ताजा लोकप्रिय

भारतका राष्ट्रपति भोलिदेखि दुई प्रदेशको भ्रमणमा जाने

बुधबार, २१ माघ २०७७, २२ : ५७
बुधबार, २१ माघ २०७७

एजेन्सी । भारतका राष्ट्रपति रामनाथ कोविन्दले भोलि बिहीबारदेखि दुई प्रदेशको भ्रमण शुरु गर्ने भएका छन् । उनले भोलि फेब्रुअरी ४ देखि ७ तारिखसम्म कर्नाटक र आन्द्र प्रदेशको भ्रमण गर्नुहुने तय भएको राष्ट्रपति कार्यालयले बुधबार जनाएको छ । 

राष्ट्रपति कोविन्द भ्रमणको पहिलो दिन बिहीबार बेलुका कर्नाटक राज्यको बेङ्लोरका लागि प्रस्थान गर्ने तालिका रहेको छ । भ्रमणका क्रममा उनले विभिन्न ठाउँमा सार्वजनिक सम्बोधनसमेत गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप