अपराध
पशुपति विकास कोषको पालेघरमा जुवाखाल, ७ जना पक्राउ
आइतबार, ०४ जेठ २०८२, २१ : ३९
काठमाडौँ । काठमाडौँको जयबागेश्वरी स्थित पशुपति क्षेत्र विकास कोषको अमालकोट स्थित पालेघरको जुवाखालमा आइतबार प्रहरीले छापा मारेको छ ।
जुवा खालबाट ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
जुवा खालबाट प्रहरीले १ लाख ७ हजार नगद र ४ बुक तास बरामद गरेको छ । पक्राउ पर्नेमा ६६ वर्षीय भिम संगत, ६७ वर्षीय कविन्द्र भण्डारी, ५९ वर्षीय ईश्वरराज भण्डारी, ४५ वर्षीय अनुज संगत, ५६ वर्षका बुद्धि तामाङ, ४३ वर्षीय देवी बहादुर अधिकारी र ५४ वर्षीय रेशम सिजाली छन् ।
उनीहरु विरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
-
आन्दोलनलाई थप सशक्त बनाउने सरकारलाई युवाको चेतावनी
-
गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार
-
इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण