अपराध
पशुपति विकास कोषको पालेघरमा जुवाखाल, ७ जना पक्राउ
आइतबार, ०४ जेठ २०८२, २१ : ३९

काठमाडौँ । काठमाडौँको जयबागेश्वरी स्थित पशुपति क्षेत्र विकास कोषको अमालकोट स्थित पालेघरको जुवाखालमा आइतबार प्रहरीले छापा मारेको छ ।
जुवा खालबाट ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
जुवा खालबाट प्रहरीले १ लाख ७ हजार नगद र ४ बुक तास बरामद गरेको छ । पक्राउ पर्नेमा ६६ वर्षीय भिम संगत, ६७ वर्षीय कविन्द्र भण्डारी, ५९ वर्षीय ईश्वरराज भण्डारी, ४५ वर्षीय अनुज संगत, ५६ वर्षका बुद्धि तामाङ, ४३ वर्षीय देवी बहादुर अधिकारी र ५४ वर्षीय रेशम सिजाली छन् ।
उनीहरु विरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता