सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

अनामनगरबाट १० जना जुवाडे पक्राउ

आइतबार, ०४ जेठ २०८२, २१ : ४५
आइतबार, ०४ जेठ २०८२

काठमाडौँ । काठमाडौँको अनामनगरबाट प्रहरीले जुवातास खेलेको आरोपमा १० जनालाई पक्राउ गरेको छ । 

जुवा खालबाट २ लाख ५७ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । 

प्रहरीले ९ बुक तास पनि बरामद गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भएर भक्तपुर बस्ने रामजी बस्नेत, किशोर सुनुवार, रोल्पा घर भएका देवानन्द डाँगी, सिन्धुपाल्चोक घर भएका दावाङ्ग शेर्पा, नरध्वज श्रेष्ठ, दावा शेर्पा र ४३ वर्षीया गौरी न्यौपाने लगायत छन् । 

शनिबार पक्राउ गरेर उनीहरुमाथि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप