अनामनगरबाट १० जना जुवाडे पक्राउ
आइतबार, ०४ जेठ २०८२, २१ : ४५
काठमाडौँ । काठमाडौँको अनामनगरबाट प्रहरीले जुवातास खेलेको आरोपमा १० जनालाई पक्राउ गरेको छ ।
जुवा खालबाट २ लाख ५७ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
प्रहरीले ९ बुक तास पनि बरामद गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भएर भक्तपुर बस्ने रामजी बस्नेत, किशोर सुनुवार, रोल्पा घर भएका देवानन्द डाँगी, सिन्धुपाल्चोक घर भएका दावाङ्ग शेर्पा, नरध्वज श्रेष्ठ, दावा शेर्पा र ४३ वर्षीया गौरी न्यौपाने लगायत छन् ।
शनिबार पक्राउ गरेर उनीहरुमाथि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
-
आन्दोलनलाई थप सशक्त बनाउने सरकारलाई युवाको चेतावनी
-
गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार
-
इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण