प्रभासको ‘आदिपुरुष’ को सेटमा आगलागी
मुम्बई । बलिउड अभिनेता सैफअली खान र प्रभासको फिल्म ‘आदिपुरुष’ को सेटमा आगलागी भएको छ । फिल्म सेटमा मंगलबार साँझ आगलागी भएको हो । आगलागीको समय सेटमा ५०, ६० व्यक्तिहरु मात्र रहेका थिए । फिल्मको सुटिङ पनि मंगलबारबाटै सुरु भएको थियो ।
मंगलबार प्रभास र सैफअली खान भने सुटिङमा सहभागी थिएनन् । सुटिङ सेटको आगलागीको भिडियो सामाजिक संजालमा भाइरल भएका छन् । भिडियोमा दमकल आगो निभाउने प्रयासमा रहेको देख्न सकिन्छ । आगलागीको कारण कोही पनि घाइते नभएको बताइएको छ ।
समाचारका अनुसार सुटिङ सेटको आगो निभाउन मुम्बईबाट आठ दमकल, पानी ट्याङकर लगायत बोलाइएको थियो । आगो लाग्नुको कारण विद्युत सट भनिए पनि आधिकारिक कारण भने सार्वजनिक हुन बाँकी रहेको छ ।
फिल्मको कुरा गर्ने हो भने ‘आदिपुरुष’ मा रामको भूमिका प्रभासले निर्वाह गर्दैछन् भने रावणको भूमिकामा सैफअली खान देखिँदैछन् । फिल्म हिन्दी र तेलुगुमा पनि छायाँकन गरिनेछ । फिल्म तमिल, मलयालम, कन्नड लगायत कयौं अन्य भाषामा समेत रिलिज गरिनेछ । फिल्मको रिलिज २०२२ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा राईको प्रश्न– सरकार,सुकुमबासी नागरिक होइनन् र ?
-
टेलिसिरियल ‘यो कथा होइन’ बन्ने, साउनदेखि प्रसारण
-
सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत के-के काम सम्पन्न भयो ?
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित
-
सुकुमबासी समस्या समाधान गर्न सरकार गम्भीर भएन : जयन्तीदेवी राई
-
बालकले चलाएको ट्रकले ८ भिक्षुको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण