बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

भागरथी हत्याको छानबिन गरि दोषीमाथि कारबाही गर्न रमेश लेखकको माग

शुक्रबार, २३ माघ २०७७, १६ : ४५
शुक्रबार, २३ माघ २०७७

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको सनातन धर्म उच्च माविकी छात्रा भागरथी भट्टको हत्या घटना छानविन गरि दोषीमाथि कारबाहीको माग गरेका छन् ।

उनले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् भट्ट हत्या घटनाको सत्यतथ्य छानविन गरि दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।

दोगडाकेदारको चडेपानीमा रहेको सनातन धर्म उच्च माविमा कक्षा १२ मा अध्यनरत १७ वर्षीया भट्ट माघ २१ गतेका विद्यालयबाट घर फर्किने क्रममा लबलेक सामुदायिक बनको जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । 

उनका आफन्तले भट्टको बलात्कारपछि हत्या गरिएको दाबी गरेका छन् । उक्त घटनाले स्तब्ध भएको भन्दै नेता लेखकले, ‘दिन प्रतिदिन बढदै गएका हत्या बलात्कार जस्ता जघन्य अपराधका घटनामा सरकार गम्भीर, जिम्मेवार र संबेदनसिल हुनु जरुरी छ।  बैतडी प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप