भागरथी हत्याको छानबिन गरि दोषीमाथि कारबाही गर्न रमेश लेखकको माग
काठमाडौं । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको सनातन धर्म उच्च माविकी छात्रा भागरथी भट्टको हत्या घटना छानविन गरि दोषीमाथि कारबाहीको माग गरेका छन् ।
उनले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् भट्ट हत्या घटनाको सत्यतथ्य छानविन गरि दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।
दोगडाकेदारको चडेपानीमा रहेको सनातन धर्म उच्च माविमा कक्षा १२ मा अध्यनरत १७ वर्षीया भट्ट माघ २१ गतेका विद्यालयबाट घर फर्किने क्रममा लबलेक सामुदायिक बनको जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनका आफन्तले भट्टको बलात्कारपछि हत्या गरिएको दाबी गरेका छन् । उक्त घटनाले स्तब्ध भएको भन्दै नेता लेखकले, ‘दिन प्रतिदिन बढदै गएका हत्या बलात्कार जस्ता जघन्य अपराधका घटनामा सरकार गम्भीर, जिम्मेवार र संबेदनसिल हुनु जरुरी छ। बैतडी प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण