रुघा–खोकी र दमको रामबाण उपचार हो अमला, विज्ञबाट थाहा पाउनुहोस् उपयोगका ६ तरिका र फाइदा
चिसो मौसममा रुघा, खोकी र दमले धेरैलाई तनावमा पारेको हुन्छ । यसैकारण गुजरातको सूरतमा काम गर्ने डा. दिक्षा भावसार रुघा, खोकी र दम भगाउनका लागि अमलालाई रामबाण उपचार मान्छिन् । डा. दीक्षा एक आयुर्वेदिक डाक्टर हुन् । उनका अनुसार चिसो मौसममा रुघा, खोकी र दमको समस्या हुनेहरुले अमलालाई कुनै पनि रुपमा खान सक्छन् ।
डा. दीक्षाका अनुसार रुघा, खोकी र दमका बिरामीले अमलाको प्रयोग निम्न तरिकाले गर्नुपर्छः
अमला पाउडरः
डा. दीक्षाका अनुसार रुघा, खोकी र दमको समस्या चिसो समस्यामा अत्यधिक हुन्छ । यसबाट पार पाउनका लागि अमलाको पाउडर बनाउनुहोस् । यो पाउडरमा आधा चम्चा मह मिसाएर बिहान बेलुका खानुहोस् । त्यसपछि मनतातो पानी पिउनुहोस् । महले चिसो मौसममा शरीरलाई तातो राख्छ । तर ध्यान दिनुपर्ने कुरा के हो भने अमला खाली पेटमा खानुहोस् । खाली पेटमा अमला खाँदा छिटो फाइदा पुर्याउँछ ।
अमला जुसः
जसलाई चिसो मौसममा रुघा, खोकी र दमको समस्या हुन्छ, उनीहरुले अमलाको पाउडरबाहेक जुस पनि पिउन सक्छन् । डा. दीक्षाका अनुसार अमलाको जुस निकालेर तातो पानीसँग बिहान खाली पेटमा खानुहोस् । यसका लागि तपाईं २० देखि २५ मिलिलिटर अमलाको जुस र तातो पानी खानुहोस् । यसमा थोरै बेसार हाल्नुहोस् । अमलाले कफलाई पगालेर बाहिर निकाल्ने काम गर्छ ।
च्यवनप्रासः
च्यवनप्रासमा मुख्य तत्व अमला हुन्छ । त्यसैले तपाईंले एक चम्चा च्यवनप्रासलाई तातो पानीसँगै खानुहोस् । बिहान खाली पेटमा वा खाना खाएको दुई घण्टापछि यो खानुहोस् । यसले रुघा, खोकी र दममा निकै फाइदा पुर्याउँछ ।
अमला क्यान्डीः
अमला निकै स्वादिलो हुन्छ त्यसैले धेरै मानिसहरु यो खान रुचाउँछन् । त्यसैले यसको तपाईं क्यान्डी बनाएर खानुहोस् । यसका लागि तपाईं अमलालाई काटेर घाममा सुकाउनुहोस् र एउटा डिब्बामा राख्नुहोस् । त्यसपछि यसलाई दिनदिनै खानुहोस् । यसले तपाईंको खोकी, कोल्ड र दममा मद्दत गर्नेछ ।
अमला कसका लागि फाइदाजनक ?
डा. दीक्षाका अनुसार अमलाले ४० वर्षभन्दा मुनिका लाई बढी फाइदा पुर्याउँछ । यद्यपि, जसलाई जोर्नी दुखाईको समस्या छ उनीहरुले अमला खानु हुँदैन । तर यदि कसैलाई एसिडिटीको समस्या छ भने बिहान बेलुका अमला खान सकिन्छ ।
अमलाको स्वाद अमिलो हुन्छ, अमिलोको अर्थ तातो हुन्छ । अमलामा केही नमिसाइकनै यसलाई प्रयोग गर्न सकिन्छ । अमलामा एन्टिअक्सिडेन्ट हुन्छ । यसले रुखोपनालाई पनि नष्ट गर्छ । अमलामा पञ्चरस हुन्छ । अमलामा भिटामिन सी पनि हुन्छ जसले कोभिडमा पनि मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९२ वर्षमा पनि थाकेका छैनन् हातहरू : तीन पुस्ताको प्रसूति गराउने डाक्टर
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
-
एकैदिन ४२ विपद्का घटना
-
कुलमान घिसिङ भन्छन्– सांसदहरूले आफ्नै तलबबाट स्वकीय राख्नुहोस्
-
गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण