युद्धका कारण इरानको ग्यास उत्पादन क्षमता ठुलो क्षति
सारांश
- अमेरिका र इजरायलसँगको युद्धका कारण इरानले आफ्नो प्राकृतिक ग्यास उत्पादन क्षमतामा ठुलो क्षति बेहोरेको जनाएको छ ।
- इरानी सरकारका अनुसार युद्धका कारण देशले करिब २३० मिलियन घनमिटर दैनिक ग्यास उत्पादन क्षमता गुमाएको छ ।
- युद्धका क्रममा ऊर्जा पूर्वाधारमा भएको क्षतिले ग्यास उत्पादनमा उल्लेखनीय असर परेको छ ।
तेहरान । अमेरिका र इजरायलसँगको युद्धका कारण इरानले आफ्नो प्राकृतिक ग्यास उत्पादन क्षमतामा ठुलो क्षति बेहोरेको जनाएको छ ।
इरानी सरकारका अनुसार युद्धका कारण देशले करिब २३० मिलियन घनमिटर दैनिक ग्यास उत्पादन क्षमता गुमाएको छ । इरान सरकारकी प्रवक्ता फातेमेह मोहाजेरानीले मंगलबार आयोजित टेलिभिजन पत्रकार सम्मेलनमा उक्त जानकारी दिएकी हुन् । उनका अनुसार युद्धका क्रममा ऊर्जा पूर्वाधारमा भएको क्षतिले ग्यास उत्पादनमा उल्लेखनीय असर परेको छ ।
यसअघि अप्रिल महिनामा इरानले अमेरिका र इजरायलको आक्रमणबाट भएको क्षतिको क्षतिपूर्ति माग गरेको थियो ।
इरानी अधिकारीहरूले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार फेब्रुअरी २८ देखि सुरु भएको युद्धयता प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब २७० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको छ । युद्धका क्रममा ऊर्जा, उद्योग, यातायात तथा अन्य महत्त्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको दाबी इरानले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल मन्दिर जग्गा हिनामिना प्रकरण : पक्राउ परेकाहरूलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
-
'सरकारले सुनसरी र पर्सामा भएका घटनाहरुको पूर्ण जिम्मेवारी लिनुपर्छ'
-
बीमा र धितोपत्र कसुरमा शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्ने आदेश
-
कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
-
लुम्बिनीमा फेरियो सत्ता समीकरण : एमाले र नेकपाबिच नयाँ सरकार गठनको कसरत
-
कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण