बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

गोबिन्दा, आशा भोसलेदेखि शेखर सुमनसम्मः यी बलिउड सेलिब्रिटीले आफ्नो सन्तानको मृत्यु देखे

सोमबार, २६ माघ २०७७, ०९ : १८
सोमबार, २६ माघ २०७७

बलिउड सेलिब्रिटी भलै सधैं खुसी र सकारात्मक देखिन्छन् तर उनको नीजि जीवन विभिन्न उतारचढावले भरिपूर्ण हुन्छ । थुप्रै सेलिब्रिटीले आफ्नो सन्तानको मृत्यु पनि देख्नुपरेको छ । आउनुहोस्, आज ती सेलिब्रिटीबारे जानकारी लिऔंः

शेखर सुमनः

बलिउड नायक, उद्घोषक तथा गायक शेखर सुमनका दुई छोरा थिए । यद्यपि, उनको जेठो छोराको ११ वर्षमा नै मृत्यु भएको थियो । यो कुराले शेखर र उनकी श्रीमतीलाई यति पीडा दिएको थियो कि उनीहरु आत्महत्या गर्न चाहन्थे । शेखरका जेठो छोरा आयुष एन्ड्रोकार्डियल फाइब्रोलास्टोसिस नामको एक निकै दुर्लभ मुटुरोगबाट ग्रसित थिए । 

महमूदः

आफ्नो रोचक अन्दाजमा मानिसहरुलाई हँसाउने नायक महमूदको जीवनमा थुप्रै मुश्किल आइलागे । यी नायकले आफ्नो आँखा अगाडि नै छोराको मृत्यु देखे । उनको छोरा म्याकीको निधन ३१ वर्षको उमेरमा हृदयघातका कारण भएको थियो । त्यतिबेला म्याकी सङ्गीतको क्षेत्रमा आफ्नो पहिचान बनाउने तयारीमा थिए । उनी यारो सब दुआ करो गीतमा पनि देखिएका छन् । पछि यी चर्चित नायक महमूदको निधन अमेरिकामा सन् २००२ मा भएको थियो । 


कबिर बेदीः

बलिउडका चर्चित नायक कबिर बेदीका छोराले २६ वर्षको उमेरमा डिप्रेशनका कारण आत्महत्या गरेका थिए । उनका छोरा सिद्धार्थले इन्फर्मेशन टेक्नोलोजीबाट ओनर्स डिग्री हासिल गरेका थिए । त्यसपछि उनी मास्टर्स पढाईका लागि क्यालिफोर्निया गएका थिए । पढाईको क्रममा नै सिद्धार्थ डिप्रेशनको शिकार भए । उपचारको क्रममा उनलाई यस्ता औषधी दिइयो जसका मारण उनी उदासीतर्फ उन्मुख भए र बिस्तारै बिस्तारै उनी सिजोफेनिसाजस्तो गम्भीर रोगको शिकार भए । सिद्धार्थले आफ्नो रोगबाट सर्च पनि गरेका थिए । एक दिन उनले पिता कबिर बेदीलाई आत्महत्या गर्ने कुरा गरेका थिए जसका कारण अभिनेता पूर्ण रुपमा चकित भएका थिए । पछि कबिर र परिवारले उनलाई सकारात्मकता महसुस गराउने कोसिस गरे तर सिद्धार्थले हार माने । 

आशा भोसलेः

चर्चित गायिका आशा भोसलेले आफ्नी ५६ वर्षकी छोरी गुमाइसकेकी छिन् । गायिकाकी छोरी वर्षा भोसले सम्बन्धविच्छेदपछि डिप्रेशनमा थिइन् जसका कारण उनले आफूलाई गोली हानेर आत्महत्या गरिन् । छोरीको मृत्यु हुँदा आशा सिंगापुरमा थिइन् । यसअघि पनि वर्षाले थुप्रैपटक आत्महत्या गर्ने कोसिस गरेकी थिइन् । 

गोबिन्दाः 

बलिउड फिल्ममा मानिसहरुलाई धेरैजसो हसाउने गोबिन्दाले आफ्नी जेठी छोरी गुमाइसकेका छन् । गोबिन्दाकी जेठी छोरी ४ महिनाको हुँदा उनको मृत्यु भएको थियो । गोबिन्दाले एक अन्तरवार्तामा छोरीको समयअगावै जन्म भएको थियो, प्रिमेच्योर भएका कारण उनकी छोरी बाँच्न सकिनन् । 


प्रकाश राजः

टलिउड र बलिउड फिल्ममा भिलेन बन्ने गरेर प्रकाश राजले आफ्नो ५ वर्षका छोरा गुमाएका छन् । उनका छोरा चङ्गा उडाउने बेला एक फुटको टेबलबाट खसेका थिए, त्यसको केही समयपछि उनलाई झट्का लाग्नेलगायतको समस्या देखियो । केही महिनामा नै उनको छोराको मृत्यु भयो । प्रकाश राजले एक अन्तरवार्तामा छोराको मृत्यु अहिलेसम्मको  हरेक दुःखभन्दा सबैभन्दा बढी दुःखद भएको बताएका थिए । 

जगजीत सिंहः

गजल किंग जगजित सिंहका छोरा विवेकको एक कार दुर्घटनामा मृत्यु भएको थियो । त्यतिबेला विवेक २० वर्षका थिए । छोराको मृत्युपछि जगजित र उनकी श्रीमती चित्रा महिनौंसम्म शोकमा रहेका थिए । त्यसपछि चर्चित गायिका चित्राले आफ्नो गायन यात्राबाट सधैंका लागि विश्राम लिइन् । 

राजीव निगमः

हास्यकलाकार राजिव निगमले सन् २०२० मा आफ्नो छोरा गुमाए । राजिवको जन्मदिनमा नै ८ नोभेम्बरमा उनका छोरा देवराजको निधन भएको थियो । उनी आफैंले यसबारे सोसल मिडियामा जानकारी दिएका थिए । 

x
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप