ओलीको पाप कसैले धोइपखाली गर्न सक्दैनन्: माधव नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पाप कसैले धोइपखाली गर्न नसक्ने बताएका छन् । बुधबार प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओलीले संविधानको हत्या गरेपछि उनी पशुपति धाउन थालेपनि उनलाई पशुपतिनाथले समेत रक्षा गर्न नसक्ने बताए ।
अध्यक्ष नेपालले देशैभर भएका ओली विरुद्धका आन्दोलनले ओली कमजोर भइसकेको पनि बताए । उनले मदन भण्डारीको नाम जप्ने ओली अहिले पशुपतिको मन्त्र जप्नतिर लागेको टिप्पणी गरे । ‘केपी ओलीजी तपाइँ मदन भण्डारीको नाम जप्नुहुन्छ, त्यो नाम विर्सनु भएको छ । अब पशुपतिको मन्त्र जप्न थाल्नुभएको छ । पशुपतिनाथले राम्रो गर्नेलाई मात्र रक्षा गर्छन् । पाप गर्नेलाई पशुपतिले रक्षा गर्दैनन्, चेतना भया’ अध्यक्ष नेपालले चेतावनी दिए ।
उनले संविधान कुल्चने ओलीका पालामा ७ हजार १ सय ७० नेपाली चेली बलात्कृत भएको फेहरिस्थ पेस गरे । ‘ती बलात्कृत चेलीको आत्माले ए केपी ओली ! तिमीले कति जनालाई सजाय दिएका छौ ? कतिलाई कारवाही गरेका छौ ? तिम्रो असंवेनदशीलता देख्दा लाज लागेको छ । जसले तिमीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बनायो, त्यसैलाई सिध्याउन लाग्यौ तिमीलाई धिक्कार छ’, नेपालले अघि बढ्दै भने, ‘अब ओलीको पाप कसैले पनि धोइपखाली गर्न सक्दैन ।’
नेपालले केपी ओलीसँग केही हजार मानिस बाहेक केही नरहेको भन्दै ओली समूह निरास भैसकेको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले ओली गणतन्त्र, संघीयता, समावेशीता मन नपराउने भएकाले उनी प्रतिगमनका प्रतिक र ज्ञानेन्द्र पथमा लागेको बताए । देशको स्वाभिमान जोगाउन, लोकतन्त्रको रक्षा गर्न र जनतालाई सम्बृद्धि तथा रोजागारी दिन लागिपरेको भन्दै नेता नेपालले प्रतिनिधिसभा पुनःस्थापना हुनुको विकल्प नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण