प्रतिवन्धित ‘विप्लव’सहित चार दलको रणनीतिक मोर्चा घोषणा हुँदै
बिहीबार, २९ माघ २०७७, १० : ०३
काठमाडौं । सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले रणनीतिक मोर्चाको घोषणा तथा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्ने भएका छन् ।
मोर्चाको औपचारिक घोषणा गर्न बिहीबार दिउँसो साढे १२ बजे प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले बताए ।
मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहने यसअघि नै निर्णय भैसकेको छ ।
कार्यक्रममा मोर्चाको अवधारणा, संरचना र संघर्षका कार्यक्रम सार्वजनिक गर्ने नेता गजुरेलको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण