प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्टको निर्माण गरिने
वाग्मती प्रदेश सरकारले प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाएको छ । प्रदेशको आन्तरिक सुरक्षालाई चुस्त बनाउन प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाइएको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री पौडेलले यसबाहेक चालु आर्थिक वर्षमा नेपाल प्रहरीका लागि प्रदेशभर थप २१ वटा भवन बनाउने निर्णय गरिएको जानकारी दिए । प्रदेश सरकारले यसअघि ४६ वटा प्रहरीचौकी भवन निर्माण प्रारम्भ गरी १७ वटाको निर्माण सम्पन्न गरिसकेको छ भने अन्यको यही असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । समाजमा शान्ति सुव्यवस्था कायम गर्ने प्रहरीको अवस्था दयनीय भएकाले अवस्था सुधारमा ध्यान दिइएको पौडेलको भनाइ छ ।
प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभित्र भएका नेपाल प्रहरीका विभिन्न एकाइलाई ३४ वटा सवारीसाधन उपलब्ध गराउने निर्णयसमेत गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले प्रहरीका लागि १२ वटा गाडी र २२ वटा मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक
-
काठमाडौँ–तराई–मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु
-
कर्णालीमा सर्वदलीय बैठक : यस्ता छन् सात निर्णय
-
उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
-
गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
-
प्रधानमन्त्री प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत देला ?