‘तिमीसँगै हुने मन छ’ मा दीपिकाको रोहितसँग रोमान्स
बिहीबार, २९ माघ २०७७, १४ : २९
काठमाडौंँ । दीवाकर भट्टराईको निर्माण तथा निर्देशन रहने फिल्म ‘तिमीसँगै हुने मन छ’ का लागि अभिनेताको रुपमा रोहित सुचान्ती चयन भएका छन् । भारतीय सिरियल ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखंगे हम नयाँ’ मा काम गरेका रोहित फिल्मका लागि अभिनेताको रुपमा चयन भएको निर्देशक दीवाकर भट्टराईले बताए ।
महावीर जैन कलेज मुम्बईबाट ब्याचलर गरेका रोहित रियालिटी शो बिग बोस १२ मा भाग लिएका थिए । ‘तिमीसँगै हुने मन छ’ फिल्ममा उनले अब अभिनेत्री दीपिका प्रसाईंसँग रोमान्स गर्नेछन् । चैतको पहिलो हप्ताबाट छायाँकनमा जाने फिल्मका लागि अन्य कलाकार भने केही दिनमा फाइनल हुनेछन् ।
ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म प्रेमकथामा बन्न लागेको हो । निर्देशक दीवाकरले फिल्मका लागि टेक्निकल टिम समेत बलिउडमा झिकाउन लागिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानिमा बैंकद्वारा देशभरका १०५० गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सेवा र पौष्टिक खाना वितरण
-
शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
-
यस्तो अवस्थामा छ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तस्बिरहरु
-
स्नुकर हाउसको आवरणमा लागु औषध कारोबार, सञ्चालक दाजुभाइसहित ३ जना पक्राउ
-
स्टक ब्रोकर एशोसिएनद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेटवार्ता
-
यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण