सरकारको पहिलो प्राथमिकता निर्वाचनः मन्त्री साह
काठमाडौं । शहरी विकास मन्त्री प्रभु शाहले सरकारले निर्वाचन केन्द्रीत गरेर काम कारबाही अगाडि बढाएको बताएका छन् । बिहिबार शहरी विकास मन्त्रालयले गरेको कामहरुबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साहले सरकारको पहिलो प्राथमिकता निर्वाचन भएकाले निर्वाचनलाई नै केन्द्रीत गरेर आफ्नो काम कारबाही अगाडी बढाएको बताएका हुन् ।
सरकारको निर्धारित कार्यक्रमलाई प्रभावकारी बनाउनेगरी सरकार अघि बढेको उनको भनाई छ । त्यसैगरी सरकारको प्राथमिकतामा सुरक्षित नागरिक आवास कार्यक्रम र जनता आवास कार्यक्रम रहेको पनि उनले बताए । यी दुई कार्यक्रमलाई प्रभावकारी बनाउन विशेषगरी निर्माणाधीन कामलाई पहिलो प्राथमिकता दिएर अगाडी बढाउने निर्देशन दिइसकेको उनको भनाई छ । मन्त्री साहले नयाँ शहरको डिपिआर पुरा हुँदै गरेकाले एक प्रदेशमा एक स्मार्ट सिटी निर्माणकै तहमा पुर्याउने गरी अघि बढेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण