सरकारको पहिलो प्राथमिकता निर्वाचनः मन्त्री साह
काठमाडौं । शहरी विकास मन्त्री प्रभु शाहले सरकारले निर्वाचन केन्द्रीत गरेर काम कारबाही अगाडि बढाएको बताएका छन् । बिहिबार शहरी विकास मन्त्रालयले गरेको कामहरुबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साहले सरकारको पहिलो प्राथमिकता निर्वाचन भएकाले निर्वाचनलाई नै केन्द्रीत गरेर आफ्नो काम कारबाही अगाडी बढाएको बताएका हुन् ।
सरकारको निर्धारित कार्यक्रमलाई प्रभावकारी बनाउनेगरी सरकार अघि बढेको उनको भनाई छ । त्यसैगरी सरकारको प्राथमिकतामा सुरक्षित नागरिक आवास कार्यक्रम र जनता आवास कार्यक्रम रहेको पनि उनले बताए । यी दुई कार्यक्रमलाई प्रभावकारी बनाउन विशेषगरी निर्माणाधीन कामलाई पहिलो प्राथमिकता दिएर अगाडी बढाउने निर्देशन दिइसकेको उनको भनाई छ । मन्त्री साहले नयाँ शहरको डिपिआर पुरा हुँदै गरेकाले एक प्रदेशमा एक स्मार्ट सिटी निर्माणकै तहमा पुर्याउने गरी अघि बढेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय पदक विजेता बास्केटबल खेलाडी सम्मानित
-
पहिले भाडा तिर्ने पैसा थिएन, अहिले साउथका सुपरस्टार छन् यी अभिनेता
-
अस्ट्रेलियाबाट घर फर्केकाहरूको कथा समेटेर ‘फोटो प्रदर्शनी’
-
माइक्रोफाइनान्सबाट बैंकहरु बाहिरिएर एसएमई कर्जा बिस्तारमा जानुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा
-
सलमानको ‘सिकन्दर’ मा रश्मिका मन्डन्नाको इन्ट्री
-
कोशीमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, माओवादीका उप्रेती र एमालेका मगर मन्त्री