मोजमस्तीमा जनप्रतिनिधिः जनताको वितृष्णा बढ्यो
कर्णाली भित्रिने मुख्य नाका सुब्बाकुनामा प्रहरीले महिना दिनअगाडि घाँस राखिएको अवस्थामा सरकारी गाडी नियन्त्रणमा लिएको थियो । त्यो गाडी कर्णाली प्रदेशसभाअन्तर्गत अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको रहेको बताइएको छ । त्यतिबेला अध्यक्ष सिंह पश्चिम सुर्खेतस्थित बड्डीचौरमा थिए । उनका छोरालाई नेपालगन्ज विमानस्थल पु¥याएर फर्किंदा बाटोबाट गाडीमा घाँस हालिएको थियो । छुट्टै घाँस बोक्न प्रयोग नगरिए पनि जनप्रतिनिधिको गाडीमा घाँस राख्नु अस्वाभाविक थियो ।
यति मात्र होइन, मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्रीहरू आव सकिएपछि अनुगमनको नाममा कोरोनाबीच हुलहुज्जत गर्दै कर्णालीको विकट बस्ती नभई रमणीय ठाउँमा पुगे । त्यहाँ कुनै महत्वपूर्ण काम नभई घुम्ने उद्देश्य थियो । उनीहरू भदौ २६ गते कालीकोट हुँदै जुम्ला, मुगुको रारा, हुम्ला र बाजुराका रमणीय ठाउँ पुगे । राज्यको तर्फबाट रमाइलो गर्न हिँडेका उनीहरूको चर्काे आलोचनासमेत भयो । यति मात्र होइन, राज्यको साधन र स्रोत दुरुपयोग हुँदा जनप्रतिनिधिसँग नागरिक निरास मात्र होइन, उनीहरूप्रति वितृष्णा पैदा भएको छ । सामान्य अपेक्षा राखेका जनताले आफ्नो अपेक्षा पूरा गर्नुको साटो जनप्रतिनिधि व्यक्तिगत धनदौलत र सुखसयलमा बढी केन्द्रित हुन थालेपछि जनप्रतिनिधिसँग जनताको वितृष्णा बढ्न थालेको हो ।
जनप्रतिनिधि राज्यको सम्पत्ति दुरुपयोग गरी मोजमस्तीमा रमाउलान् भन्ने कसैलाई विश्वास थिएन । जनताको सामान्य आधारभूत आवश्यकता परिपूर्तिसमेत पूरा गर्न नसकेको आरोप लागेका जनप्रतिनिधि बेलाबेलामा आउने विवादले जनताप्रतिको विश्वास झन् घट्दै गएको छ । जसले जनप्रतिनिधिलाई स्याबासी होइन, आलोचित बनाउन थालेको स्थानीय बताउँछन् । यो समाचार आजको नागरिक दैनिकमा गणेश विशुले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
-
पूर्वमन्त्री एवं राप्रपा नेता फत्तेसिंह थारुको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण