नेपाली भूमिमा भारतीय तस्करको हर्कतः प्रहरीमाथि भाला आक्रमण
शनिबार, ०१ फागुन २०७७, ०८ : ३९
वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन् गरिरहेका भारतीय बालुवा तस्करले पर्सामा नेपालका सुरक्षाकर्मीमाथि भालाले आक्रमण गरेका छन् ।
गैरकानुनी रुपमा नेपालको बालुवा तस्करी गरेर भारत लैजान खोज्ने तस्करलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको हो ।
घरेलु हातहतियारसहित आएका बालुवा तस्करको आक्रमणमा परी दुई जना सशस्त्र प्रहरी गम्भीर घाइते भएका छन् ।
घाइते प्रहरीलाई थप उपचारको लागि काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा तुलसी भण्डारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
-
पूर्वमन्त्री एवं राप्रपा नेता फत्तेसिंह थारुको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण