खोपको दोस्रो मात्रा ढिलो लगाउँदा झनै राम्रो नतिजा
सरकारले कोभिड–१९ विरुद्धको खोप दोस्रो मात्रा पहिलो मात्रा लगाएको दुईदेखि तीन महिनाभित्र दिने तयारी थालेको छ । यसअघि दोस्रो मात्रा चार सातापछि लगाउनुपर्ने तय भए पनि ढिलो लगाउँदा राम्रो नतिजा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सल्लाहकार समूहले समेत दुई खोपबीचको समय बढाउन प्रस्ताव गरिसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले बताए । ‘खोप कार्यक्रमको हिसाबले सजिलो हुने गरी दोस्रो मात्रा खोप २ देखि ३ महिनाभित्र लगाउने तयारी थालेका छौँ,’ उनले भने । यसबारे आइतबार मन्त्रालयले निर्णय गर्ने स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ ।
कोभिसिल्ड खोप उत्पादन गर्ने सिरम इन्स्टिच्युट आफ इन्डियाको तथ्यपत्रमा खोपको पहिलो मात्रा ०.५ मिलि लगाएपछि दोस्रो मात्रा ४ देखि ६ सातामा दिन सकिने उल्लेख छ । सिरमको प्रतिवेदनमा विदेशमा भएका अध्ययनहरुमा उपलब्ध तथ्यांक र जानकारी अनुसार पहिलो मात्रा लगाएको १२ सातासम्म दोस्रो मात्रा दिन सकिने जनाइएको छ ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
-
पूर्वमन्त्री एवं राप्रपा नेता फत्तेसिंह थारुको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण