बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

आधार एउटै, धार फरक

आइतबार, ०२ फागुन २०७७, ०७ : २४
आइतबार, ०२ फागुन २०७७

तीन वर्षअघिको भ्यालेनइन्स डेमा फूल साटेर सुरु भएको केपी ओली–प्रचण्डको सम्बन्ध अहिले बिग्रएर वाकयुद्धको चरणमा पुगेको छ । २६ वर्षअघि सुरु गरेर १० वर्षसम्म सशस्त्र संघर्ष गर्दाका प्रचण्डका सराथि अहिले उनको दायाँबायाँ देखिन्न् ।

शहीद र बेपत्ता परिवारका थरीथरीका कार्यक्रम भ्याउन हस्याङफस्याङ गरिरहेका प्रचण्डलाई उनकै पूर्वसहकर्मी टोपबहादुर रायमाझीले माओवादी लडाकुको नाममा भ्रष्टाचार भएको भन्दै त्यसको हिसाबकिताब मागिरहेका थिए ।

यता बाबुराम भट्टराईलाई प्रचण्डको अपिल थियो, ‘सबै घटनाले हामीलाई फेरि एकचोटि गम्भीर विमर्श गरेर अग्रगमनका लागि फेरि एकपल्ट मोर्चा कसेर अगाडि बढ्नुपर्ने आवश्यकता महसुस गरेको छु ।’

२०४० सालमा पहिलो पटक गोरखपुरमा भेट्दा यिनीहरुको साझा शत्रु पञ्चायती व्यवस्था थियो, अहिले केपी ओली छन् । सशस्त्र संघर्षका बेला उतारचढावपूर्ण सम्बन्धमा रहेका दाहाल–भट्टराईको जोडी शान्तिप्रक्रियाका बेला खुब जमेको थियो, त्यतिखेर उनीहरु केही समय एउटै घरको तल्लो माथिल्लो फ्ल्याटमा डेर गरेर पनि बसे ।

समयक्रममा यनी दुई एउटै पार्टीमा रहन सकेनन् । शनिबारको जमघटलाई भने प्रचण्डले प्राविधिक घटनाका रुपमा मात्रै नबुझ्न अपिल गरेका छन् । तर, त्यसको अप्राविधिक पाटो भने दुवैले खुलाएनन् ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप