अब प्रविधिबाटै ट्राफिक व्यवस्थापन
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रविधिको उच्चतम प्रयोग गरी परम्परागत ट्राफिक व्यवस्थापन कार्यलाई क्रमशः विस्थापित गर्दै लैजाने रणनीति अवलम्बन गरेको छ । नयाँ प्रविधिको प्रयोगसँगै ‘हात हल्लाएर तथा सिटी फुकेर’ दिइने सेवा देख्न पाइने छैन ।
उपत्यकाको ट्राफिक व्यवस्थापन कार्यलाई चुस्त, वैज्ञानिक तथा प्रभावकारी बनाउन प्रविधिको प्रयोग सकारात्मक हुने अपेक्षा गरिएको छ । ‘‘सडकचोकमा ट्राफिक जनशक्ति थुपारेर होइन अब प्रविधिबाटै काम हुने छ’’, महाशाखा प्रमुख जनकराज भट्टराईले भन्नुभयो ।
प्रविधिमैत्री ट्राफिक व्यवस्थापनका लागि सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्य समन्वयबाट क्रमशः प्रविधिको उच्चतम प्रयोगसम्बन्धी अभ्यास भइरहेको छ ।
महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भट्टराईका अनुसार ट्राफिकसम्बन्धी सेवाहरू प्रविधिमैत्री भइसकेका छन् । ट्राफिक कारबाहीसम्बन्धी जरिवाना, सवारी साधन हराएको वा चोरी भएको उजुरी, ट्राफिकसँग सम्बन्धित अन्य कागजपत्र लिनदिन ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।
महाशाखाले गत सातादेखि यी सम्पूर्ण सेवा अनलाइनमार्फत उपलब्ध गराउन थालेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
-
पूर्वमन्त्री एवं राप्रपा नेता फत्तेसिंह थारुको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण