पशुपतिमा जलहरीका लागि ६४ किलो सुन पगालियो
विश्वसम्पदा सूचीमा सूचीकृत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको शिवलिंगमा राखिएको जलहरीमा ६४ किलो सुन पलागलिएको छ । चाँदीको पुरानो जलहरी परिवर्तन गर्ने विवाद चलिरहेको बेला त्यसलाई सुनमा परिणत गरिएको हो ।
तीन दिनयता सुन पगालेर लेपन गर्ने कार्य भइरहेको कोषले जनाएको छ । जलहरी फेर्न कोषद्वारा १० जना कालीगढ खटाइएको छ । जलहरी बनाउन १ सय ८ किलो सुन प्रयोग हुने बताइएको छ । उक्त सुन पगालेर जलहरीको आकार तयार हुनेछ ।
कोषका कार्यकारी सचिव घनश्याम खतिवडाले एक सातामा सुनको जलहरी तयार हुने बताए । यता, सुनको जलहरी राख्ने कार्यको विरोध पनि हुँदै आएको छ । मन्दिरकै पुजारी र स्थानीयले पुरानैलाई कायम राख्नुपर्ने माग उठाउँदै आएका छन् । उनीहरुले पुरानो जलहरी हटाउन नहुने धारणा राख्दै आएका छन् । पुरानोलाई निकालेर नयाँ राख्नु प्राचीन स्मारक ऐन शैव दर्शनविपरीत मानिन्छ ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
-
पूर्वमन्त्री एवं राप्रपा नेता फत्तेसिंह थारुको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण