ह्यारी र मेगन दोस्रो सन्तानको पर्खाइमा
एजेन्सी । बेलायतका पूर्व राजकुमार ह्यारी र उनकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा रहनुभएको बेलायती सञ्चार माध्यमहरूले बताएका छन् । उनीहरुले दोस्रो सन्तान जन्माउने निश्चित भएको उनका सहयोगीले जानकारी दिएका छन् । भ्यालेन्टाइन डेको अवसर पारेर उनीहरूले आफुहरू दोस्रो सन्तान जन्माउने तयारीमा रहेको सार्वजनिक गरेका छन् ।
एउटा रुखको तल बसेर मुस्कुराएको र मेगनको गर्भवती अवस्थाको तस्वीर उनीहरूले सार्वजनिक गरेका छन् । नयाँ सन्तान प्राप्त हुने खबरले राजपरिवारका सवै सदस्यहर्षित रहेको बताइएको छ । “आर्ची दाई बन्ने सुनिश्चित भइसकेको छ,” उनका प्रवक्ताले भनेका छन् । उनीहरूका जेष्ठ सन्तान आर्ची गत मे मा एक वर्ष पुरा भएका छन् ।
बेलायती महारानी एलिजावेथ द्वितीयका नाती ह्यारी र उनकी श्रीमती मेगनले गत वर्षको मार्चमा राजपरिवारको सदस्य परित्याग गरी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् । ह्यारी र मेगनबीच पहिलो भेट भएको १६ महिनापछि विवाह भएको थियो । सन् २०१८ को मे महिनामा उनीहरुको विवाह भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण