मुख्यमन्त्री कार्यालय अगाडि वादी समुदायको धर्ना
सुर्खेत । व्यवस्थित बसोबासको माग गर्दै कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि वादी समुदाय धर्ना बसेका छन् । सोमबार बेलुकी ७ बजेतिर वीरेन्द्रनगर पुगेका उनीहरु अहिले मुख्यमन्त्री कार्यालय अगाडिको खुल्ला चौरमा धर्नामा बसेका हुन् ।
करिब २ सयको हाराहारीमा रहेका उनीहरु दैलेखबाट पैदल यात्रा गरेर सुर्खेत आइपुगेका हुन् । आइतबार बिहान ७ बजे हिँडेर सोमबार बेलुकी ७ बजे मात्र वीरेन्द्रनगर पुगेको दुल्लु नगरपालिका–१ का हिक्मत वादीले जानकारी दिए । उनले भने, ‘हाम्रो बस्ने जमिन छैन् । भारी बोक्दै, माछा मार्दै जीविका चलाएका थियौँ । बालुवा निकाल्न बन्देज लगाइयो, जीविका चलाउन गाह्रो भयो । कोरोनाले शिथिल पारेर आखिर शरीर नै बेच्नुपर्ने अवस्था आएपछि हामी यहाँ (प्रदेश सरकारको शरणमा) आइपुगेका हौँ ।’
उनीहरुले प्रदेश सरकारसँग खेतीपाती गर्ने जमिन र सुरक्षित आवासको माग गरेका छन् । उनीहरुको साथमा साना बालबालिकासँगै बृद्धबृद्धाहरु समेत रहेका छन् । साँझको समयमा मुख्यमन्त्री कार्यालय अगाडि बसेका उनीहरुलाई तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले आजको खानपिनको व्यवस्थापन गरेका छन् ।
प्रदेश सरकारका प्रतिनिधि आएर कभर्ड हलमा बस्न बन्दोबस्त गर्न खोजे पनि उनीहरु जान मानिरहेका छैनन् । ‘हामीले आजसम्म चिसोमै दिनहरू बितायौँ’ एक रातको लागि हामी जाँदैनौं’ हिम्मत वादीले भने, ‘जबसम्म हाम्रो माग पुरा हुँदैन हामी मुख्यमन्त्रीकै कार्यालय अगाडी धर्ना बस्छौँ ।’ दैलेखमा वादी समुदायका ४०२ परिवार र १ सय १२ घरधुरी संख्या रहेको छ । उनीहरुको गुनासोबारे बुझ्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पटक–पटक फोन गर्दा उनीसँग सम्पर्क हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण