प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लातर्फ रुख कटान सुरु गरिएको छ । त्यहाँको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएसँगै रुख कटानको काम सुरु गरिएको हो । आयोजनाले गत वैशाख २६ गते रुख कटानको अनुमति प्राप्त गरेको थियो ।
डिभिजन वन कार्यालय चितवनसँग गरिएको सम्झौताअनुसार रुख कटान, काठ सङ्कलन तथा सुरक्षित भण्डारण सम्बन्धी कार्य भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । रुख कटान तथा सुरक्षित भण्डारणसम्बन्धी अभिमुखीकरणपछि सामुदायिक वन उपभोक्ता समूहले रुख कटान तथा काठ सङ्कलन सुरु गरेको हो ।
उनले भने, “तोकिएका स्वास्थ्य, सुरक्षा तथा वातावरणसम्बन्धी मापदण्डको पूर्णपालना गर्दै सञ्चालन गरिएको छ । कटान गरिएका काठको सङ्कलन, सुरक्षित भण्डारण तथा व्यवस्थापनमा सामुदायिक वन उपभोक्ता समूहलाई तारबार एवं सिसिटिभी जडानका लागि आर्थिक सहयोग गरेको छ ।”
भरतपुर महानगरपालिका–१ स्थित सतनचुली सामुदायिक वन, भरतपुर महानगरपालिका–२९ को अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका विभिन्न प्रजातिका एक हजार २६३ वटा रुख कटान गरिने जाकारी दिइएको छ । प्रसारण लाइन मार्गअन्तर्गत तनहुँमा रुखमा छाप चिह्न लगाउने कार्य भइरहेको जनाइएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लामा पर्ने कूल ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न नौ १२७ वटा रुख हटाउन स्वीकृति प्रदान गरिएको थियो ।
प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माण केइसी इन्टरनेशनल लिमिटेड भारतले काम गरिरहेको छ । ३५ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ८२ वटा टावरको जग हाल्ने र ७२ वटा टावर जडान कार्य सम्पन्न भएको छ । त्यस प्याकेजको समग्र प्रगति ८१ प्रतिशत रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण