कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा
कर्णाली । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यही फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रास रुट फुटबल प्रशिक्षणका लागि १३ वर्ष मुनिका खेलाडीको छनोट गर्ने भएको छ । हाल एन्फामा आवद्ध कर्णालीका सुर्खेत र जुम्लाका जिल्ला फुटबल सङ्घ अन्तर्गत सञ्चालित ग्रास रुट फुटबल प्रशिक्षणमा राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि खेलाडी छनोट गर्न लागिएको हो । जिल्लास्तरमा सम्पन्न प्रारम्भिक चरणको छनोटबाट सुर्खेतका २६ जना बाल खेलाडी दोस्रो चरणको छनोटमा पर्न सफल भएका छन् ।
कर्णाली प्रदेश फुटबल सङ्घका महासचिव गणेशकुमार कार्कीले एन्फाकै प्रशिक्षक तथा प्राविधिक टिमले २६ मध्येबाट राष्ट्रियस्तरका लागि खेलाडी छनोट गर्ने जानकारी दिए । उनकाअनुसार आधारभूत तहदेखि नै फुटबलको विकास गर्न, सानै उमेरदेखि फुटबल प्रशिक्षण दिई युवा उमेर समूहको टिम बनाउने उद्देश्यले सुर्खेत र जुम्लाका खेलाडीको छनोट सुर्खेतको वीरेन्द्रनगरमा गर्न लागिएको हो ।
सुर्खेतमा यही फागुन १८ र १९ गते स्थानीय रङ्गशालामा खेलाडी छनोट चरण सञ्चालन हुनेछ । छनोटमा आउने खेलाडीले आपूm २०६५ पुस १५ देखि २०६६ पुस १४ गतेसम्मको अवधिमा जन्मिएको जन्म दर्ताको प्रमाण पेश गर्नुपर्नेछ । जिल्ला र प्रादेशिक तह हुँदै राष्ट्रिय छनोट पार गर्ने खेलाडीलाई एन्फाले आफ्ना प्राविधिक केन्द्रमा आवासीय रुपमा राखेर पढाइ लेखाइसँगै फुटबल प्रशिक्षण दिनेछ ।
बालबालिकालाई आठ वर्षको उमेरदेखि नै फुटबलमा आकर्षित गर्न एन्फाको कार्यक्रम अनुसार सुर्खेत जिल्लामा पनि करीब तीन वर्षदेखि ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालनमा छ । विभिन्न विद्यालयका उमेर समूहका खेलाडीबीच ग्रास रुट लिग पनि नियमित रुपमा सञ्चालन भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण