बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी महँगा बार र रेष्टुरेन्टका मालिक हुन् यी बलिउड सेलिब्रिटी, सूचीमा आशा भोसले पनि

बिहीबार, १३ फागुन २०७७, १५ : ३५
बिहीबार, १३ फागुन २०७७

बलिउड अभिनेत्री कंगना रनौत आजकाल मनालीमा आफ्नो रेष्टुरेन्ट खोल्न लागेको विषयमा चर्चामा आएकी छिन् । यसबारे अभिनेत्री आफैंले सोसल मिडियामार्फत् जानकारी दिएकी हुन् । तर धेरै कमलाई थाहा होला कि कंगना अघि पनि थुप्रै बलिउड सेलिब्रिटीले यो व्यवसायमा हात हालेर सफल पनि भइसकेका छन् । आउनुहोस्, यस्ता सेलिब्रिटीबारे जानकारी लिऔं जसले बार र रेष्टुरेन्टको व्यवसाय सुरु गरे ।

शिल्पा शेट्टीः

अभिनेत्री शिल्पा शेट्टी फिल्मबाहेक रेष्टुरेन्ट, स्पा र बारको व्यापार गर्छिन् । शिल्पाले केही दिन अघि मुम्बईको वर्ली इलाकामा बेस्टियन चेन नामको एउटा नयाँ रेष्टुरेन्ट सुरु गरेकी छिन् । यतिमात्रै होइन यो हस्पिटालिटी व्यापारबाट शिल्पाले करोडौंको कमाई पनि गर्छिन् ।

ज्याकलिन फर्नान्डिसः

ज्याकलिन फर्नान्डिसले कोलोम्बो श्रीलङ्कामा आफ्नै एउटा रेष्टुरेन्ट सुरु गरेकी छिन् । यसको नाम उनले काएमासूत्र राखेकी छिन् । सुरुमा सेलिब्रिटी सेफ दर्शन मुनिराम यहाँका मुख्य सेफ थिए । यहाँ आउने सबैले श्रीलङ्काको सबै चर्चित खानेकुरा पाउँछन् ।

बबी देओलः

बबी देओल एक, दुई होइन तीन रेष्टुरेन्टका मालिक हुन् । बबी देओलको होटल ‘समप्लेस ऐल्स’ मुम्बईको अँधेरीमा छ । यो स्थान यति सुन्दर छ कि यहाँ परिवारसँग राम्रो समय बिताउन सकिन्छ । यो होटल इन्डियन र चाइनिज खानाका लागि निकै चर्चित छ । यो होटललाई बबीले निकै सुन्दर तरिकाले बनाएका छन् ।

सुष्मिता सेनः

वेब सिरिज आर्याबाट शानदार कमब्याक गरेर सुष्मिता सेनले अभिनयबाहेक आफ्नो व्यापारमा पनि सफलता हात पारेकी छिन् । सुष्मिताको मुम्बईमा एउटा रेष्टुरेन्ट पनि छ जुन बंगाली खानाका लागि निकै चर्चित छ । यो रेष्टुरेन्टको नाम बंगाली माशी किचन हो । अभिनेत्रीको एउटा गहनाको व्यापार पनि छ जसलाई उनकी आमाले सम्हाल्छिन् । यसका साथै सुष्मिताको आफ्नै निर्माण कम्पनी पनि छ जसको नाम तन्त्र इन्टरटेन्मेन्ट हो ।

आशा भोसलेः

बलिउड जगतकी चर्चित गायिका आशा भोसले खानाको निकै सौखिन छिन् । आशा भोसले गायकीभन्दा भिन्न रेष्टुरेन्ट व्यवसाय पनि चलाउँछिन् । भारतबाहेक अन्य देशमा पनि उनको रेष्टुरेन्ट छ । उनले विदेशमा बसेका भारतीय र भारतीय खाना रुचाउनेहरुका लागि रेष्टुरेन्ट चेन सुरु गरेका छन् । दुबई, कुवैत, यूके र बर्मिङ्घममा उनको यो रेष्टुरेन्ट छ । यी सबै रेष्टुरेन्टको नाम आशा हो ।

सुनिल शेट्टीः

सुनिल शेट्टी मुम्बईमा रहेको ‘मिसचीफ रेष्टुरेन्ट’ र ‘बार एचटुओ’ का मालिक हुन् । यसका साथै भारतमा उनका थुप्रै जिम खाना पनि चलिरहेको छ र पपकर्न नामको उनको एक निर्माण कम्पनी पनि छ जसमार्फत् खेल, रक्त, भागमभाग, मिशन इस्तानबुल र ई एम आईजस्ता फिल्म बनिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप