पाँच जिल्लाका प्रहरी प्रमुख फेरिए, गोरखामा शेखर खनाल
शुक्रबार, १४ फागुन २०७७, १९ : २५

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले पाँच जिल्लाका इन्चार्ज परिवर्तन गरेको छ । जिल्ला प्रहरी कार्यालयमा गोरखामा प्रहरी उपरिक्षक शेखर खनाल, महोत्तरीमा दिनेशकुमार आचार्य र गुल्मीमा गोपालचन्द्र भट्टराईलाई पठाइएको छ ।
बाग्लुङको इन्चार्जमा कृष्णबहादुर पल्ली मगरलाई सरुवा गरिएको छ । बर्दियाको प्रहरी प्रमुखमा ईश्वर कार्कीको सरुवा भएको छ । एसपी पल्ली मगर नुवाकोटको प्रमुख हुँदा गिट्टी, बालुवाका ठेकेदारसँग मिलेर आर्थिक अनियमिता गरेको आरोपमा तानिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन