अवैध रूपमा जडिबुटी बोकेको मिनीट्रक प्रहरी नियन्त्रणमा
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जडीबुटी लिएर कोहलपुर जाँदै गरेको एउटा मिनीट्रक नियन्त्रणमा लिएको छ ।
जडिबुटी निकासी अनुमतिभन्दा धेरै र रुट परमिट भन्दा अलग बाटोबाट जडीबुटी ओसार–पोसार गरेको भन्दै प्रहरीले वीरेन्द्रनगरको सुब्बा कुनाबाट भे १ ख ३०१० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
ट्रकमा पाँच टन बराबरको जडीबुटी रहेको प्रहरीले जनाएको छ । जडीबुटी जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ पातिकान्लाका जयबहादुर कार्कीले बाँकेको कोहलपुर नगरपालिका–१० मन्नापुरको एसपी हर्बल प्रालिलाई विक्री गर्नका लागि पठाईएको हो । गाडीले रुट परमिट विपरीत जडिबुटी ओसार–पोसार गरेकाले पनि प्रहरीले शंकाको आधारमा नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त, गाडीलाई जाजरकोट–सल्यान सुर्खेत छिन्चु हुँदै कोहलपुर नेपालगञ्ज सम्मका लागि रुट परमिट दिइएको छ । यद्यपी, गाडीले रुट परमिट विपरित जाजरकोटदेखि, दैलेखको रानिमत्ता–सुर्खेत वीरेन्द्रनगर हुँदै सुब्बा कुनाबाट कोहलपुर जान लागेको हो । रुट परमिट मिचेर फरक बाटोबाट जडीबुटी ओसार–पोसार गरेको हुनाले पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषध र तरकारीको झोलामा लुकाएर ल्याएको पेस्तोलसहित दुई जना पक्राउ
-
अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा
-
भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार
-
फेवातालमा बढेको पानीको सतहले डुबायो ‘तालघर’, नयाँ दृश्य हेर्न पर्यटकको भीड
-
चालु आर्थिक वर्षको अन्तिम दिन : लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन, गत वर्षभन्दा सुधार
-
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण