लागुऔषध र तरकारीको झोलामा लुकाएर ल्याएको पेस्तोलसहित दुई जना पक्राउ
सारांश
- सिरहा प्रहरीले लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित सिन्धुलीका महेशकुमार थापालाई नियन्त्रणमा लिएको छ ।
- तरकारीको झोलामा लुकाई छिपाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई थान गोलीसहित भारतका रोशनकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
- दुवै घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले छुट्टाछुट्टै स्थानबाट कटुवा पेस्तोल र ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पहिलो घटनाअनुसार, बुधबार बेलुका इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी टोलीले सिराहा नगरपालिका–१७ स्थित गस्ती गरिरहँदा भारतबाट नेपालतर्फ आउँदै गरेका सिन्धुलीको कमलामाई नगरपालिका वडा–६ बस्ने ४४ वर्षीय महेशकुमार थापालाई शङ्का लागेर चेकजाँच गरेको थियो ।
चेकजाँच गर्दा उनको पाइन्टको बायाँ खल्तीबाट प्लास्टिकसहित तौल गर्दा प्लास्टिक बाहेक ९ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको छ । प्रहरीले पदार्थ र थापा दुवैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।
यसैगरी दोस्रो घटनामा बिहीबार बिहान विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिराहा नगरपालिका–७ स्थित हुलाकी सडक खण्डको भित्री बाटो हुँदै सिराहा बजारतर्फ आउँदै गरेको बीआर०७एजी ४२१५ नम्बरको मोटरसाइकललाई शङ्का लागि रोकेको थियो ।
चेकजाँच गर्ने क्रममा मोटरसाइकलको बायाँतर्फको ह्यान्डलमा झुन्ड्याएको नाइलनको झोलाभित्र आलु, प्याज र झिगुनी तरकारीहरूमा लुकाई छिपाई राखेको अवस्थामा हतियार फेला परेको थियो ।
प्रहरीले सो झोलाबाट एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद गरेको छ । हतियार र मोटरसाइकलसहित चालक भारतको बिहार राज्य, मधुवनी जिल्ला, रामनगर ग्राम पञ्चायत पटबारा–८ सहर्वा बस्ने २६ वर्षीय रोशनकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई पनि हिरासतमा राखी जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण