ब्यङ्ग्यः बाम तालमेलछि बजारमा सिल्पिङ ट्याबलेट सर्टेज
–आजाद अजनवी
काठमाडौं खाल्डोको वायुमण्डलमा चिसो हावा बहन सुरु गरेको छ ।
शहरमाथि चिसोले राज गर्न सुरु गर्न लागे पनि यता राजनीति तातिएकोबारे स्याडस्टोनले अखबारका पानाहरुबाट थाहा नपाएको हैन । त्यो तापक्रमको परिमाण कति छ नाप्ने थर्मोमिटर नभएर ऊ बेचैन भएको मात्र हो ।
स्याडस्टोन भृकुटीमण्डपको चिया पसललाई बाँया पारेर बिहानी घामको तापक्रम लिइरहेको थियो । ऊ घामको न्यानो लिने कोशिस गरिरहेको थिएन । सित्तैमा पाए जे पनि लिने आम नेपालीको प्रबृत्तिसँग उसको स्वभाव पनि मेल खान्छ । अर्थात ऊ घामबाट फोकटमा पाइने भिटामिन डि लिइरहेको थियो । र, यसमा उसलाई रमाइलो पनि लागिरहेको थियो । कुनै महत्वपूर्ण कुरा फोकटमा पाउँदा कसलाई पो मज्जा नलाग्ला र ?
प्यान्टको दुबै खोकिलामा हात हालेर उ ठिङ्ग उभिरहेको थियो ।
उसको कानमा अनायासै एउटा आवाज ठोक्कियो । साथै नाकमा बेजोडको चुरोटको धुवाँ पनि । आवाज र धुवाँ दुबै चिया पसलबाट आइरहेको थियो ।
‘अब त धान पाक्न लाग्यो । यसपाली सँगै मिलेर काटचुट गर्नुपर्छ । धान छिट्टै थन्काएर हाम्रो पक्षमा लहर बनाउनु पर्छ ।’
आवाज चिनेचिने जस्तो लागेर स्याडस्टोनले सर्तक भएर आँखा घुमायो । गाँउका माओवादीका हरुवा वडाध्यक्ष कमरेड अग्निज्वाला थिए ।
अर्को अवाज आयो– ‘हो त । धेरै बर्ष पो हामीले एक अर्काको खेतमा खुट्टा नहालेको । यसपाली पालैपालो धान थन्काएर एउटै स्वरमा नारा लाउनुपर्छ ।
त्यो आवाज पनि चिनिएको थाहा पाएपछि उसले परक्क मुन्टो बटारेर हे¥यो । एमालेका गाँउ सचिव रोहितलाल रहेछन् ।
स्याडस्टोनले जिल खायो ।
हिजोसम्म पानी बाराबार र लौरो हानाहान भएका अग्निज्वाला र रोहितलाल एउटै टेबलमा प्रेमी प्रेमिकाझैँ नारिएर कुरा गरेको दृश्य स्याडस्टोनले रोचक मानेर हेर्यो ।
रोहितलालः मलाई हाम्रा दुबै अध्यक्ष कमरेडसँग यसो सेल्फी हानेर फेसबुकमा प्रोफाइल अपलोड गर्न मन लाग्या छ, कस्सम ।
अग्निज्वालाः अब हुने संयुक्त सभामा अबसर मिल्यो भने सेल्फी हानौंला ।
उनीहरुको कुरा रमाइलो बन्दै गएको थियो । यता उसलाई हतारो पनि थियो । शहरमा सधै हतारमै हुनुपर्छ भन्ने उसको मान्यता ।
स्याड स्टोन डेरातिर लाग्यो ।
बाटोमा हिँड्दा हिँड्दै अनायास उसलाई दशै सकिएर तिहार आउँदै गरेको काठमाडौंको मौसम खुब रमाइलो लाग्यो । आकास हे¥यो ।
क्या रमाइलो ।
सडकमा नयाँ फेसन लगाएर एक हुल यूवतीहरु गए ।
परफ्युमको कडा रागले नाक छोएर गयो ।
क्या रमाइलो ।
यसरी वरीपरीका दृश्यहरु आस्वादन गर्दै ऊ फटाफट अनामनगरतर्फ अगाडि बढ्यो ।
अलि अगाडि एउटा पसलमा ठूलो भीड लागेको थियो ।
स्याडस्टोनले बाटो छेउको पसलमा लागेको त्यो भीडको रहस्य जान्न खोज्यो । उ नजिक पुग्यो ।
एउटा मान्छे अर्को मान्छेसँग भन्दै थियो–‘यो एक पत्ता स्लिपिङ ट्यावलेट मैले बल्ल तल्ल २ सय रुपैया बढी हालेर ब्ल्याकमा किनेको हुँ । तपाई लानुहुन्छ भने दोब्बर बढी दिनुस् ।’
अर्को मान्छे उसलाई ट्वाँ परेर हेरिरहेको थियो ।
त्यो भीड लागेको ठाँउ अरु केही नभएर एउटा मेडिकल स्टोर रहेछ । औषधी पसलमा स्लिपिङ् ट्यावलेटका लागि मानिसहरु भीड लागेका रहेछन् ।
स्याडस्टोनलाई आश्चर्य लाग्यो ।
हिजो अस्तिसम्म त स्लिपिङ् ट्यावलेटका लागि भनेर औषधी पसलमा मान्छेहरुको भीड लागेको थिएन । आज किन यस्तो हुन लाग्यो ।
लाइन बसेको एउटा नेताजस्तो पुट्ट भुँडी उस्केको मान्छेलाई उसले कोट्याएर सोध्यो–‘किन यस्तो भएको ?’
‘बाम तालमेलको असर हो भाई, बजारमा स्लिपिङ् ट्यावलेटको सर्टेज भयो ।’ उसले भन्यो ।
‘सर्टेज पनि कस्तो भयो भने ब्ल्याकमा पनि किन्न नपाईने अवस्था आयो ।’ अर्को मान्छेले थप्यो ।
एकजना राजनीतिक बिश्लेषक वा बुद्धीजिवी जस्तो देखिने मान्छेले भन्यो–‘७२ सालको नाकाबन्दीमा भएको संकट पछिको यो अर्को संकट हो । औषधी पसलमा स्लीपिङ् ट्वालेटको हाहाकार छ ।’
मानिसहरुको डाक्टरको पुर्जी बोकेर लाइनमा पालो मिच्न खोजिरहेका थिए ।
सिल्पपिङ ट्यावलेटको सर्टेजले खासगरी मानसिक बिरामी बढी प्रभावित भएको मानिसहरु बताइरहेका थिए ।
एकजनाले भन्यो–‘बाम तालमेलका क्रममा एकजना अध्यक्ष कमरेडले अब बजारमा स्लिपिङ् ट्यावलेट बढी बिक्री हुने बताएसँगै यो अवस्था आयो ।’
त्यतिकैमा २ जना पत्रकार दगुर्दै त्यहाँ आइपुगेको स्याडस्टोनले देख्यो ।
एउटाको हातमा माइक्रोफोन थियो भने अर्कोले क्यामेरा बोकेको थियो । ऊ नजिक गएर भिडियो खिचेको हेर्न थाल्यो ।
उनीहरुले स्थलगत रिर्पोटिङ गर्न थाले ।
दर्शकबृन्द बाम तालमेल भएपछि बजारमा स्लिपिङ ट्यावलेटको हाहाकार भएको छ । आजदेखि काठमाडौंका मेडिकलहरुबाट एकजना ब्यक्ति बराबर २ ट्यावलेट बिक्री गर्ने ब्यवस्था गरिएको छ । यस्तो अवस्था कहिलेसम्म रहन्छ भन्न सकिने अवस्था छैन ।
फलानो टेलिभिजन समाचारका लागि फलानो क्यामेरापर्सनका साथमा म फलानाको रिर्पोट ।
स्याड स्टोन ट्वाँ प¥यो । बिस्तारै पाइला अगाडि बढायो । अलि अगाडिको मेडिकल स्टोरमा पनि मानिसहरुको उस्तै भीड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण