अपराधको केन्द्र बन्दै गुल्मी : गाउँपालिकाको वडा कार्यालयसहित ४ घरमा चोरी
गुल्मी । गत राति गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ६ रिमुवाको वडा कार्यालयसहित चार वटा घर फोडेर चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेले वडा कार्यालयसहित केही घरमा चोरी भएको जानकारी आएपछि प्रहरी पुगेर विवरण संकलन गरिरहेको जानकारी दिए । ‘के कति चोरी भयो भन्ने कुराको पूर्ण विवरण आइसकेको छैन,’ डिएसपी पाण्डेले भने ।
रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले पनि वडा कार्यालयसहित चारवटा घरमा चोरी भएको जानकारी प्राप्त भएकोले आफुहरु त्यसतर्फ जाँदै गरेको बताए । यसअघि गुल्मीको मालिका गाउँपालिका वडा नम्वर–७ घमिरको वडा कार्यालयमा ३ पटकसम्म तोडफोड र चोरी भयो । चोर अझै पत्ता लाग्न सकेको छैन । त्यस्तै इस्मा गाउँपालिका वडा नम्वर २ को वडा कार्यालय पनि तोडफोड र चोरी भएको थियो । त्यसको पनि दोषी पत्ता लाग्न सकेको छैन ।
सदरमुकाम तम्घास मै साना सवारी साधान चोरी भयो । चोरीमा संलग्न पत्ता लाग्न नसक्नुले चोरी र अन्य अपराधका घटना गुल्मीमा बढ्दो छ । ६ महिनाअघि आफ्नो रेष्टुरेन्टमा बसेका हस्तीचौरका एक युवाको विभत्स हत्या भयो । त्यस घटनाका हत्यारा पनि प्रहरीले पत्ता लगाउन सकेको छैन ।
गुल्मी कै रातामाटा गाउँमा माघ ३ गते दिउँसो अज्ञात व्यक्तिले भरुवा बन्दुक प्रहार गरी त्यस गाउँका तुलबहादुर बिकको हत्या गरे । त्यस घटनाका हत्यारालाई पनि प्रहरीले पक्रन सकेको छैन ।
केही दिन अघि रेसुङ्गा नगरपालिका वडा नम्वर ३ भाडगाउँमा तीन जना युवाहरु घर मै आएर २१ वर्षीया सम्झना बोहरा खत्रीलाई बेपत्ता पारे । दुई दिन पछि घर नजिकैको रुखमा उनकी सासु झुण्डिएको अवस्थामा फेला परिन । रहस्यमय त्यस घटनाको पनि प्रहरीले सत्य तथ्य बाहिर ल्याउन सकेको छैन । प्रहरीको निरीहता विरुद्ध नागरिकहरुले जिल्ला प्रशासन घेराउ पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
-
सदनमा भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, अध्यक्ष ओलीले प्रशिक्षण दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण