आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

आज दुई संसदीय समितिको बैठक बस्दै

आइतबार, ०३ साउन २०८३, ०८ : १५
आइतबार, ०३ साउन २०८३

सारांश

  • आज बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ ।
  • बैठकमा बाल सुधार गृहका बालबालिकाको मानव अधिकारबारे उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ ।
  • त्यस्तै, बिहान साढे ९ बजे अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल हुनेछ ।

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ९ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ । 

बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेस भएको प्रतिवेदन, २०८३ उपर महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप