शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’
महेन्द्रनगर । नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जनसंवाद यात्रा थालनी गरेको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपकराज बोहराले शुक्लाफाँटा नगरपालिका–१ बाट जनसंवाद यात्रा शुभारम्भ गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर समितिद्वारा आयोजित जनसंवाद कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बोहराले निर्वाचन क्षेत्रका जनताको आवाज सुन्न, जनतासँगै समाधान खोज्न र जिम्मेवार राजनीतिक संस्कृतिलाई थप मजबुत बनाउन जनसंवाद थालिएको बताए ।
जनसंवादको पहिलो दिन प्रतिनिधिसभा सदस्य बोहरासहित रास्वपाका नेताहरूले शुक्लाफाँटा नगरपालिका–१ बन्साह र वडा नं १२ कालागौडी क्षेत्रका नागरिकसित भेटघाटका साथै संवाद गरेका छन् ।
“हामी जवाफदेही छौँ, मत माग्न आउँदा जनताले जितेर फर्किँदैनन् कि भन्दै आशङ्का गरे”, उनले भने, “हामी अरु नेताजस्ता होइनौँ, हामी आउँछौँ । छ–छ महिनामा त सार्वजनिक सुनुवाइ गर्ने पनि भनेका छौँ ।”
जनताप्रति उत्तरदायी भएर काम गर्ने बताउँदै सांसद बोहराले नागरिकका गुनासा सुन्न हरेक वडास्तरसम्म जाने बताउनुभयो । “वडा तहका कामलाई प्राथमिकता दिएर जनताको समस्या समाधानका लागि सक्रिय रहन्छौँ”, उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर समितिका सभापति हरिश धामीले जनसंवाद निरन्तर अघि बढ्ने बताए । जनसंवाद यात्रामार्फत स्थानीय समस्या र समाधानका विषयमा छलफल भइरहेको उनको भनाइ छ । जनसंवाद शुभारम्भ कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य विजय जैरु, सुदूरपश्चिम प्रदेशका प्रवक्ता तेज ठकुल्ला, जिल्ला सचिव राकेश चन्द, निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सभापति गणेश खड्कालगायत नेता सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपपछि जलपान विश्रामको नियम हट्न सक्ने
-
जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण