४८ औँ मिनेटमा किलियन एम्बाप्पेको गोल, गोल्डेन बुटको दौडमा मेस्सीलाई उछिने
सारांश
- खेलको ४८ औँ मिनेटमा फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पेले गोल गर्दै गोल अन्तरलाई १-४ को स्थितिमा ल्याएका हुन्।
- यस गोलसँगै एम्बाप्पेले जारी विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या ९ पुर्याएका छन्।
- एम्बाप्पेले मेस्सीलाई पछि पार्दै गोल्डेन बुटको दौडमा ९ गोलसहित एकल अग्रता बनाउन सफल भएका छन्।
काठमाडौँ । मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) का लागि भइरहेको खेलको दोस्रो हाफको सुरुवातमै फ्रान्सले पहिलो गोल फर्काएको छ । खेलको ४८ औँ मिनेटमा फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पेले गोल गर्दै गोल अन्तरलाई १–४ को स्थितिमा ल्याएका हुन् ।
पहिलो हाफमा ४–० को विशाल अन्तरले पछि परेको फ्रान्सका लागि दोस्रो हाफ सुरु हुनासाथ ४८ औँ मिनेटमा जर्सी नम्बर १० का फरवार्ड एम्बाप्पेले उत्कृष्ट गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत दिएका छन् ।
यस गोलसँगै एम्बाप्पेले जारी विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या ९ पुर्याएका छन् । यसअघि अर्जेन्टिनाका लियोनेल मेस्सीसँगै ८–८ गोलको बराबरीमा रहेका एम्बाप्पेले यस गोलसँगै मेस्सीलाई पछि पार्दै गोल्डेन बुटको दौडमा ९ गोलसहित एकल अग्रता बनाउन सफल भएका छन् । यद्यपि, मेस्सीको फाइनल खेल अझै बाँकी नै छ । मियामीमा फ्रान्सले पहिलो गोल फर्काएपछि खेल थप रोमान्चक बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षाका कारण आधा दर्जनभन्दा बढी राजमार्ग अवरुद्ध
-
शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’
-
गोल्डेन बुटको रोमाञ्चक दौड : एमबाप्पे बने सर्वाधिक गोलकर्ता, मेसीलाई अझै अवसर
-
जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिइने
-
आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने
-
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण