केटी जिस्क्याएको निहुँमा कुटपिट गर्दा युवकको मृत्यु, सातजना पक्राउ
दाङ । घोराही उपमहानगरपालिका–१० जलौरामा केटी जिस्क्याएको निहुँमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ भने प्रहरीले सो घटनामा संलग्न सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१६ निवासी २१ वर्षीय राजन चौधरीमाथि बिहेको भोजमै कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते उनको उपचारका क्रममा निधन भएपछि प्रहरीले कुटपिटमा संलग्न सातजनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।
यसरी भएको थियो विवाद
प्रहरीका अनुसार फागुन १४ गते घोराही उपमहानगरपालिका–१० जलौरा निवासी वीरबहादुर चौधरीको छोराको बिहे भोज थियो । बेहुलाको साथीका रुपमा विवाहको निम्तो मान्दै भोज खान घोराही–१६ बस्ने २१ वर्षीय राजन चौधरी पनि पुगेका थिए । भोज चलिरहेको समयमै केटी जिस्क्याएको निहुँमा स्थानीय केही युवासँग राजनको विवाद भएको र विवाद बढ्दै जाँदा स्थानीय युवाले राजनमाथि कुटपिट गरेको प्रहरीको भनाइ छ ।
कुटपिटबाट गम्भीर घाइते भएका राजनलाई उपचारका लागि तत्कालै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइयो । प्रतिष्ठानमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरियो । उपचारकै क्रममा बुटवल मेडिकल कलेजमा राजनको फागुन १५ गते मृत्यु भयो ।
राजनको मृत्युपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दै कुटपिटमा संलग्नहरुलाई नियन्त्रणमा लिएर कानुनी कारवाहीको प्रक्रिया अघि बढाएको हो । प्रहरीका अनुसार बेहुलाका पिता वीरबहादुरसहित कुटपिटमा संलग्न युवाहरुलाई पक्राउ गरिएको छ । वीरबहादुरले झगडा छुट्याउनुको साटो विवादलाई चर्काउँदै कुटपिट गर्न स्थानीय युवालाई हौस्याएको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
ईलाका प्रहरी कार्यालय नारायणपुरको प्रहरी टोलीले वीरबहादुरका अतिरिक्त कुटपिटमा संलग्न स्थानीय युवा आकाश चौधरी, उमेश चौधरी, आशिष चौधरी, सन्दिप चौधरीसहितलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दका अनुसार पक्राउ परेका सबैमाथि कर्तब्य ज्यान मुद्दा दर्ता गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपी मुकुन्द रिजालले बताए । रिजालका अनुसार पक्राउ परेका सबैले साबिती बयानमा आरोप स्वीकार गरेका छन् । यद्यपि अनुसन्धान जारी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
-
सदनमा भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, अध्यक्ष ओलीले प्रशिक्षण दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण