विप्लवसँग सैद्धान्तिक र प्राविधिक विषयमा सहमति नजिक: गृहमन्त्री थापा
बुधबार, १९ फागुन २०७७, १५ : ५१
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँगको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको दावी गरेका छन् । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पहिलो चरणको वार्ता ‘धेरै सैद्धान्तिक र प्राविधिक विषयमा सहमति नजिक’ पुगेको बादलले बताएका हुन् ।
वार्तापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्–‘केही विषयमा छलफल जारी छ, छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।’ सरकारका तर्फबाट गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई वार्तामा सहभागी थिए । विप्लव समूहका कार्यालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दिपक’ वार्तामा सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण