त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा अनिवार्य
काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो ।
योसँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी २० चैतभित्र परीक्षा सञ्चालन, उत्तरपुस्तिका सिलबन्दी कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउनेगरी डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सीसी क्यामेरा जडान गरी सोको विवरण उपलब्ध गराउन सम्बन्धित परीक्षा केन्द्रलाई सूचित गरेको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षाको सीसी क्यामेराको दृश्यसहित सिलबन्दी गरेको उत्तरपुस्तिका पठाउनुपर्ने प्रावधान ल्याएको हो । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा र उत्तरपुस्तिकामा धाँधली नहोस् भन्दै यस्तो निर्णय गरिएको बताए ।
उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सबै दृश्य आउनेगरी डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सीसी क्यामेरा जडान गरी सबै फुटेज २० चैतभित्र बुझाउन परीक्षा केन्द्रलाई पत्रमार्फत जानकारी गराएको छ । आगामी दिनमा पनि सीसी क्यामेरा जडान गरेर मात्रै परीक्षा सञ्चालन गर्ने योजना बनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण