पाटनबाट चोरिएको ऐतिहासिक मूर्ति राजदूत खतिवडालाई हस्तान्तरण
अमेरिकी सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडालाई पाटनबाट चोरिएको ऐतिहासिक वासुदेव–कमलाजा मूर्ति’(लक्ष्मी नारायण)को मूर्ति हस्तान्तरण गरेको छ ।
राजदूत डा खतिवडालाई वासुदेव-कमलाजाको मुर्ति अमेरिकी सरकारका प्रतिनिधि तथा एफबीआइका उप सहायक निर्देशक टिमोथी एन डनह्यामले दुतावासमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।
३५ वर्षदेखि हराइरहेको मूर्ति टेक्सास राज्यको ड्यालस म्युजियम अफ आर्टमा प्रदर्शनीमा देखिएको थियो । त्यसपछि पुरातत्त्वका अध्येताहरूले अन्तर्राष्ट्रिय तहमा सरोकार राख्न थालेका थिए ।
चोरिएर अमेरिका पुगेको मूर्तिबारे सूचना दिने न्युयोर्कस्थित जोन–जे कलेजकी प्राध्यापक इरिन एल थोम्सनका अनुसार डल्लास संग्रहालयले वासुदेव–कमलाजा मूर्ति नेपाल फर्काउने इच्छा देखाएको थियो । तर त्यसका लागि संग्रहालय म्युजियमका कानुनी अधिकारीले नेपालबाटै मूर्ति चोरिएको प्रमाण र प्रहरी प्रतिवेदन मागेका थिए ।
उक्त मूर्ति पाटन मन्दिरको हो भने १९९० (२०४६ )साल देखि नै ड्यालस म्युजियम अफ आर्टमा प्रदर्शनी गरि रहेको थियो ।
मूर्ति हस्तान्तरण कार्यक्रममा राजदूत डा खतिवडाले अमेरिकी सरकारको प्रशंसा गर्दै कृतज्ञता व्यक्त गरे । साथै त्यहाँ आमन्त्रित गरिएका संचार माध्यम,बिशेष व्यक्तित्वहरु ,अमेरिकी विदेश मन्त्रालय ,अमेरिकी दुतावास काठमाडौँ, ड्यालस म्युजियम अफ आर्टम ,मूर्ति फिर्ता गर्न भूमिका निर्वाह गर्ने संस्था सबैलाई बिशेष धन्यबाद दिएका छन् । राजदूत डा खतिवडाले नेपालको छोटो परिचय समेत दिएका थिए ।
अमेरिकी विदेश विभागका मुख्य उप सहायक सचिव एर्भिन मासिङ्गाले हस्तान्तरण गर्न पाउदा हर्ष व्यक्त गरे । उनले नेपालको सांस्कृतिक पैतृक धन(हेरिटेज)लाई संरक्षण र रक्षा गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?