पत्रपत्रिका
पिसिआर नेगेटिभ पर्यटकलाई निर्वाध आउन दिने तयारी
आइतबार, २३ फागुन २०७७, ०६ : २३
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्वाध रुपमा नेपाल आउन दिने तयारी भइरहेको बताएका छन् । पिसिआर नेगेटिभलाई निर्वाध आउन दिनेसँगै अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै आग्रह गरेको र यो विषय छिट्टै मन्त्रिपरिषद्बाट सम्बोधन हुने उनले बताए ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४ औँ वार्षिक साधारणसभामा उनले त्यस्तो जानकारी दिएका हुन् । सो अवसरमा मन्त्री ढकालले पर्यटन क्षेत्रको विविधीकरण र अन्तर्राष्ट्रिय बजारीकरणका लागि रणनीतिक योजना र कार्यक्रम ल्याउन पाटा नेपाललाई आग्रह गर्दै यसका लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण