३५ प्रतिशत किसानले रोप्न छाडे उखु
काठमाडौं । चिनी उद्योगबाट समयमै भुक्तानी नपाउने, आफ्नै उखुको भुक्तानी लिन पनि आन्दोलन गर्नुपर्ने जस्ता बाध्यताका कारण किसानहरूले उखुखेतीको विकल्प खोज्न थालेका छन् । चालू वर्षमा मात्रै ३५ प्रतिशतभन्दा बढी किसानले उखुखेती गर्न छाडेका छन् ।
नेपाल उखु उत्पादक संघका अनुसार नेपालमा अघिल्लो वर्ष व्यावसायिक उखुखेती गर्ने किसानको संख्या १ लाख थियो । उक्त संख्या यस वर्ष ३५ हजारभन्दा बढीले घटेको संघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उखुखेती गर्ने जमीनमा अहिले किसानहरूले धान, तोरी, मकै, आलुलगायत अन्य खेती शुरू गरेको उनको भनाइ छ ।
‘३५ हजारभन्दा बढीले उखुखेतीको विकल्प खोजिसके, अरू पनि घट्ने क्रममा छन्,’ उनले भने, ‘खेती गरिरहेकाले पनि आधा उत्पादन घटाएका छन्,’ उनले भने ।
आयातित चिनीका कारण आफ्नो चिनी नबिकेको भन्दै उद्योगीले उखुको भुक्तानी नगरेको उनले बताए । ‘विदेशी चिनीका कारण स्वदेशी चिनी बिकेन भनेर भुक्तानी नै पाएनौं,’ उनले भने, ‘भुक्तानी नै नपाएपछि उखुखेती गरेरै बस्न सकिने अवस्था रहेन ।’
नेपालमा ३ लाख ८० हजार मेट्रिक टन चिनीको माग रहेको छ । उखु किसानले भुक्तानी नपाएकै कारण अहिले १ लाख २० हजारसम्म चिनी उत्पादन गर्न सक्ने गरी उखुखेती भइरहेको उनको भनाइ छ । यद्यपि, आन्दोलनपछि किसानहरूले उखुको बक्यौता रकम भने पाइसकेका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण