अव्यवस्थित सडकका कारण पानीका मूल सुक्दै
सुदूरपश्चिम पहाडका अधिकांश गाउँ बस्तीमा ग्रामीण सडकको पहुँच बढेसँगै जथाभावी रूपमा खनिएका सडकले पानीका मुहान सुक्दै गएका छन् । पानीका मूल सुक्दै गएपछि खाने पानी, सिँचाइ तथा पानीघट्ट पनि बन्द हुनका साथै स्थानीयले सास्ती भोगिरहेका छन् । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ ले जथाभावी सडक खन्दा पानीका मुहान सुक्दै गएका स्थानीयले बताएका छन् ।
पानीको मूल रहेका क्षेत्रमा डोजर र एस्काभेटर चलाएपछि पानीका मूल सुक्दै गएको स्थानीयले बताएका छन् । पानीका मूल सुक्दै गएपछि खाने पानी, सिँचाइ र पानी घट्टसमेत बन्द भएको स्थानीय भानबहादुर साउदले बताए । नवदुर्गा गाउँपालिका–५ चौबान्नीमा पर्ने दाडीमस्लेक–सेरी सडक चार लाख रुपियाँको लगानीमा निर्माण गरिएको छ ।
सो सडकको वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी डोजर लगाउँदा पानीका मूल सुक्दै गएको स्थानीय गोपालबहादुर ऐरले बताए । २०६७ मा निर्माण भएको बान्नी सिँचाइ यो जनाबाट बढी भएको पानीले आधुनिक घट्टसमेत सञ्चालित थिए तर अहिले बिना प्राविधिक मूल्याङ्कनका सडकले पानी कम भएपछि घट्ट बन्द हुँदा गाउँमा कुटानी पिसानीका लागि समस्या भएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण