दाङमा विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू
जिल्ला प्रहरी कार्यालय दाङले कलेज पढ्न आउने विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू गरेको छ ।
दाङ जिल्लामा दुर्घटना न्यूनिकरणका लागि विद्यार्थीहरूलाई लक्षित एम्वुसिङ अभियान सञ्चालन गरिएको हो ।
दुर्घटनाको दरमा वृद्धि हुन नदिन र चालक अनुमतिपत्रविना सवारी साधन चलाउने विभिन्न कलेज क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई चेकजाँच गर्न लागिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द रिजालले बताए ।
चेक जाँचको क्रममा सवारी चालक अनुमतिपत्रविना सवारीसाधन चलाउने १ दर्जन सवारीसाधनलाई नियन्त्रणमा लिइएको डिएसपी रिजालले बताए ।
डिएसपी रिजालले भने, 'हामीले भर्खर कलेज पढ्ने मोडिफाई,रफ ड्राईभिङ र चालक अनुमतिपत्र विना मोटरसाईकल,सवारीसाधन चलाउने विरूद अभियाननै सञ्चालन गरि कारबाही गरिरहेका छौ ।'
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कलेज लक्षित अभियान १ महिना सम्म सञ्चालन गरिने र सुधार नआए थप समेत हुने जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
-
सदनमा भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, अध्यक्ष ओलीले प्रशिक्षण दिने
-
आज दुई संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण