एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने
काठमाडौँ । आगामी जेठमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा जुटेका विद्यार्थीले तोकिएअनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ ।
पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रम अध्ययन गरी विद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने जानकारी सम्बद्ध अधिकारीले दिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका एसईईतर्फका परीक्षा नियन्त्रक रामराज खकुरेलले विद्यार्थीले कक्षा १० मा अध्ययन गर्नुपर्ने भनी तय गरिएको पाठ्यक्रममा सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रमबाट प्रश्नसमेत आउने जानकारी दिए ।
उनले भने, “हामीले पढाउने कुराको सहजताका लागि कुन विद्यार्थी स्वअध्ययन गर्ने र कुन शिक्षकले पढाउने भन्ने हिसाबले सङ्क्षेपीकरण गरिएको हो, परीक्षाका लागि होइन ।” विद्यार्थीले सबै पाठ्यक्रमबाट प्रश्नपत्र आउन सक्छ भन्ने हिसाबले परीक्षाको तयारी अघि बढाउनुपर्ने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण