कोरिया जान अवधि थप
ईपीएसमार्फत दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी बसेका युवाका लागि छ महिना समय थप्न कोरिया सहमत भएको छ ।
यसबाट कोरियाली भाषा पास गरेका तर कोरोनाका कारण कोरिया जान नपाएका नेपाली युवा लाभान्वित हुनेछन् । परिमार्जित पूर्वप्रस्थान अभिमुुखीकरण तालिम पाठ्यक्रम कार्यान्वयन सम्बन्धमा आयोजना गरिएको प्रशिक्षकका लागि पुनर्ताजगी तालिमको समापन गर्न वैदेशिक रोजगार बोर्डले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले उक्त जानकारी दिएका हुन् ।
मन्त्री चौधरीले अवधि थप गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) सहमत भएको पनि जानकारी दिए ।
मन्त्री चौधरीले कतारसँग हालको सम्झौतालाई संशोधन गरी जीटूजीमार्फत श्रमिक पठाउनका लागि नेपालका लागि कतारी राजदूतसँग छलफल भएको र यसमा विषयमा राजदूत सकारात्मक भएकोसमेत जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण