विप्लवका कार्यकर्ता भन्छन्– जनक्रान्ति फेरि गरिन्छ
गुल्मी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शीर्ष तहका नेताहरु पक्राउ परी थुनामा रहेकाले पार्टीप्रति जनाधार घट्दै गएको र सरकार पनि समस्यामा परेका कारण आफ्नो पार्टी वार्ताद्वारा शान्तिपूर्ण राजनीतिमा गएको तर जनाधार बढेपछि फेरि जनक्रान्ति सुरु गरिने बताएका छन् ।
सो पार्टीका गुल्मी जिल्ला सचिवालय सदस्य पूर्णबहादुर तरामुले फेरि जनक्रान्तिमा जानुपर्ने परिस्थिति निर्माण हुनसक्ने बताएका हुन् । सोही कारण अहिले आफूहरुले राज्यलाई हतियार नबुझाएको उनको भनाइ छ ।
जिल्ला अदालत, जिल्ला प्रशासन र उच्च अदालतमा समेत एक–एक वर्ष मुद्दा खेपेका उनी दुई पटक गरी १६ दिन प्रहरी हिरासतमा बसेका थिए । तरामु २०५६ सालदेखि आफू माओवादी जनयुद्धमा लागेको बताउँछन् ।
गुल्मीको सत्यवती गाउँपालिका–३ ठुलोलुम्पेक घर भएका उनले प्रचण्डले जनयुद्धको एजेण्डा छाडेर संसदीय व्यवस्थामा गएपछि आफू विप्लवको पार्टीमा सामेल भएको बताए । पछिल्लो चरण निश्कृय रहेका उनले यतिबेला भने विप्लवका पक्षमा खुलेर बोले ।
रातोपाटीसँग कुरा गर्दै उनले जिल्लाको नेतृत्वले ठेक्का पट्टामा लाखौँ कमिशन खाएर पार्टीलाई थोरै रकम देखाएकोमा आफू असन्तुष्ट भएर केही समय निश्कृय रहनु परेको सुनाए ।
उनका अनुसार एक सडक स्तरोन्नतीको ठेक्का एउटा ठेकेदारबाट खोसेर अर्को ठेकेदारलाई सुम्पिएबापत ३० लाख रुपैयाँ प्राप्त भए पनि पार्टीमा जम्मा १० लाख रुपैयाँमात्रै देखाइएको र पछि पार्टीले छानविन समिति गठन गर्दा पार्टी इन्चार्ज र सेक्रेटरीले १२ लाख पार्टीमा खर्च भएको र बाँकी रकम अर्को एकजनालाई राख्न दिएको बताएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
-
सदनमा भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, अध्यक्ष ओलीले प्रशिक्षण दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण