सहजै संसद चलाउन सभामुखले थाले परामर्श
बुधबार, २६ फागुन २०७७, ११ : ०९
काठमाडौैं । प्रतिनिधि सभाको सातौँ अधिवेशन सुरु भएको पहिलो दिनकै बैठक सांसदहरुले अवरुद्ध र बहिस्कार गरेपछि सभामुख अग्नि सापकोटाले आन्तरिक परामर्श गरेका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार सभामुख सापकोटाले दलका नेताहरुसँग संसद सहज ढंगले चलाउने विषयमा कुराकानी गरेका हुन् ।
‘शून्य समयको व्यवस्था गर्दै शीर्ष नेताहरुलाई बोल्न समय छुट्याएर सहजै संसद सुचारु गर्ने पक्षमा सभामुख लाग्नुभएको छ । त्यसका लागि संसद सचिवालयका साथै दलका नेताहरुसँग परामर्श जारी छ,’ सभामुख सापकोटाको निजी सचिवालयका एक सदस्यले भने, ‘सभामुखले आफ्नो तर्फबाट गर्नुपर्ने पहलमा कुनै कुराको बाँकी राख्नुभएको छैन ।’ पहिलो दिन कार्यसूचीप्रति आपत्ति जनाउदै सांसदहरुले बैठक बहिस्कार र अवरुद्ध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धन फेर्ने गतिविधि ‘अन्डरकरेन्ट’ रूपमा चलिरहेको थियो : अध्यक्ष राई
-
बालमन्दिर जग्गा घोटालामा को–को विरुद्ध जारी भयो पक्राउ पुर्जी ? (नामावलीसहित)
-
महाधिवेशनबाट एक जनालाई श्रीपेच लगाउन खोजेपछि पार्टी विभाजन भयो : अध्यक्ष राई
-
फेरि फुट्यो जसपा, पहिचानवादी मोर्चा घोषणा
-
कोशीमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्चमा दर्ता
-
गण्डकीमा बहुवर्षे योजनाको चाप, सरकारै पिच्छे थपिन्छन् अर्बौंका दायित्व